खस जाति आर्य मुल को एक समुदाय हो तर धेरै इतिहासविद् हरु को भनाई अनुसार तुर्कमंगोल पनि भनिएको पाइन्छ । खस जातिहरू तत्कालिन विशाल नेपाल – अहिलेको नेपाल, अहिलेको चीन तिब्बती भुभाग, अहिलेको भूटान रे हाल भारतमी पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश रे जम्मु कश्मीर बसोबास गर्छन। पश्चिमी रे उत्तरपश्चिमी हिमालयबाटी मध्य हिमालयमी यस जनजातिको प्रवासलाई नेपाली भाषासँग सम्बन्धित प्रारम्भिक भाषिक प्रमाणहरूले प्रमाणित गरेको छ। २०७२ को संविधान अन्तर्गत खस आर्यका प्रमुख समुदायहरू बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, सार्की, गन्धर्व, रे राउटे पर्छन भने धेरै पछि मात्र नेपाल मी वैदिक आर्य हरुको आगमन पश्चात खस जाति लाइ गोत्र रे जनाइ दिएर क्षेत्रि रे ठकुरी जाति मी परिणत गरेको पाईन्छ। खस जाति लाइ चिन मी साइ जनजाति पनि भनिन्छ भने तिब्बत तिर याचे भन्ने गरेको पाईन्छ।

खस जाति
जम्मा जनसङ्ख्या
१.६ करोड
बसोबास इलाकाअन
नेपाल, भारत, भुटान, तिब्बत
भाषा

नेपाली

धर्म

हिंदू, बौद्ध

मूल सम्पादन

खस जाति प्राचीन हिन्दु साहित्यमी उल्लेख गरिएका खशहरूसँग जोडिएका छन्।[१] इतिहासकार बाबुराम आचार्यको अनुमान छ कि खस ऐडाको उप-वंश हो, एक "आर्य" वंश जुन इदवृत (आधुनिक कश्मीर देखि नेपाल) मी उत्पन्न भएको थियो।[२] खस ईसापूर्व तेस्रो सहस्राब्दीमी इडावरिटमी बस्दै आएका थिएँ रे खस शब्दको मूल अर्थ राजा वा क्षत्रिय (योद्ध) थियो।[२] उनले थप अनुमान गरेका छन् कि कश्मीरलाई स्थानीय बासिन्दाहरूबाटी खसमिर नाम दिइएको थियो।[३]

इतिहासकार बालकृष्ण पोखरेलले खस वैदिक आर्य नभई गुर्जर, दराडा, शक रे पल्लव जस्ता त्यस पुर्व का आर्यहरू भएको दाबी गर्छन्।[४] उनले थप दाबी गरे कि उत्तर-वेदिक आर्यहरू भाषा रे संस्कृतिको हिसाबले वैदिक आर्यहरू जस्तै थिएँ।[४] एक भाषाविद्ले संस्कृत रे इरानी भाषाहरूमी भाषिक सम्बन्ध भएका खसहरू "आर्य मूलका क्षत्रिय जनजाति" योद्धाहरू मध्ये एक हुन् भनी दाबी गरे, जसले वैदिक नियमहरूको पालना नगरेको कारणले वैदिकताको दावी गुमाएका थिएँ।[५]

कश्मीरका खसहरू सम्पादन

पीर पन्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणी

छैटौं शताब्दीको निलमत पुराण तथा १२औँ शताब्दीको राजतरङ्गिणीका अनुसार कश्मीरमी खसहरू शासन रह्यो। पीर पन्जालदेखि पश्चिम तथा दक्षिण भागका क्षेत्रहरू खसहरूको बाहुल्यता रहेको कुरा निलमत पुराण तथा राजतरङ्गिणीमी उल्लेखित छ। आइरिस इतिहासकार सर मार्क औरल स्टाइनले पण्डित कल्हणको १२औँ शताब्दीको राजतरङ्गिणीको अनुवाद गरेका थिएँँ। उक्त अनुवादमी "राजापुरी (वर्तमान राजौरी)को शासक खसहरूको मुखिया हो..." भन्ने वाक्य वर्णित थियो। राजौरीको शासकले कश्मीरको शासकहरूसंग बिहाबारी गरेको तथा लोहारका शासकले काबुलको हिन्दु शाहीकी राजकुमारीसंग विवाह गरेको वर्णित छ।[६] इतिहासकार स्टाइनका अनुसार राजौरीका २०औँ शताब्दीसम्मका शासक खस उद्गमका थिएँँ रे इस्लाममी धर्म परिवर्तन गरी मुसलमान राजपुत भनेका थिएँँ।

इतिहासकार सर मार्क औरल स्टाइनको राजतरङ्गिणीको अनुवादमी वर्तमान खख (वा खख राजपुत) जातिलाई खससंग जोडिएको थियो। त्यस्तै लोहार वंशलाई पनि खस जातिको भनी वर्णित छ। इतिहासकार जोनराजका अनुसार कश्मीरको प्रथम मुसलमान वंश, शाह मीर वंश, पनि खस जातिको थियो। लोहार राज्यका खस शासक सिंहराजका छोरी दिद्दाले कश्मीरको राजा क्षेमगुप्तसँग विवाह गरेकी थिइन्। दिद्दाका भतिजा सङ्ग्रामराज ईश्वी १००३ मी कश्मीरको प्रथम लोहार वंशका शासक बन्न पुगे। लोहार वंशका हर्ष वा हर्षदेव कश्मीरको प्रसिद्ध शासक बने।

=खस आर्य जातिका थरहरू सम्पादन

सरकारी दर्जाबाटी उत्पत्ति भएका थरहरू सम्पादन

जस्तैः

कर्णाली प्रदेशका गाउँका नाउँबाटी उत्पत्ति भएका थरहरू सम्पादन

धिता- धिताल, पाण्डुसेरा - पाण्डे, सिञ्जा - सिजापति, चैडिलागाउँ - चौलागाई, प्याकुरी - प्याकुरेल, सिम्खाडा - सिम्खडा,

तिमील्सैन - तिमल्सेना, तिम्सिना, घमिराउँ - घिमिरे, देवकोट - देवकोटा, ढुङ्ग्रानी - ढुङ्गाना, ढाँकु - ढकाल, बजगाउँ- बजगाईँ, रिमा- रिमाल, रसाईली, स्वाँरा - स्वार, घोडासैन - घोडासैनी, पुरासैन - पुडासैनी, धमाली - धमाला, दर्ना - दर्नाल, कुइका - कुँइकेल, चाल्सा - चालिसे, बारला - बराल, लामिसाल (लम्साल)

रेगम - रेग्मी, सोत - सोती, खार - खरेल, खराल, सुवाडा - सुबेडा, सुवेदी, बयाना - बनियाँ, बानियाँ. पौडी - पौडेल

जमकट्टी - जमरकट्टेल, छाती - छन्त्याल, कुँडी - कुड्याल, बेलकाटे - केलकाटिया, खातिवाडा - खाति

गाजरी - गजुरेल

डोटेखेला - डोटेल, दिपायल्या - कठायत, निरौली - निरौला, ओझाना - ओझा,

खनाया - खनाल, कालैगाउँ - कल्यान, खत्याड - खतिवडा

लामाछान्नी - लामिछाने, बाँस्कोट - बास्कोटा, बाँस्तोली - बास्तोला, सातला - सत्याल, लुयाटी - लुईँटेल, चापागाउँ - चापागाईँ, नेपा - नेपाल, रिजु - रिजाल, पोखर - पोखरेल, लम्सु - लम्साल, लम्जी - लम्जेल, दह - दाहाल, दहाल, दुल्लु (दुर्लूंग)- दुलाल, गैह्रा - गैह्रे, गैरे भूर्ति - भूर्तेल, पराजुल - पराजुली, कोइराली - कोइराला, दवाडा - दवाडी, कट्टील - कट्टेल, भुषाकोट - भुषाल, सुइय - सुइयेल, वड - बडाल, मोडासैन - मरासैनी, मरासिनी, गुरगाउँ - गुरागाईं

खिटि्कसैन - खिर्सिने, भुतौ - भुर्तेल, राँचु - रूचाल, गेला - गेलाल, वञ्जाडा - बन्जाडे, बाँझकोट - बाँँझकोटा

सर्पुकोट - सापकोटा, गोतामकोट -गौतम,गोतामे

रजौरा - रजौरिया

धामी - धामी थर भएका मानिसहरु नेपालको सुदुर पश्चिमभारतको उत्तराखण्डमा बसोबास गर्छन। यिनीहरुको गोत्र कश्यप हुन्छ। यिनीहरुको इतिहास हेर्दा यिनीहरु कत्युरी राज्यबाट उत्पति भएको देखिन्छ।

खस भाषा सम्पादन

बेबिलोनियाको अभिलेखबाटी कस वा खस भाषाका ३०० जति शब्द रे कसहरूले पुज्ने गरेका ३० वटा देव देविका नाम जानकारीमी आएको बताईको छ। कस अर्थात् खसहरू [citation needed] बाल्लीक प्रदेशमी आइपुग्दा उनीहरूले बोल्ने भाषा बाल्हीकी नामले प्रसिद्ध भएको बुझिएको छ। ख्याती प्राप्त भाषा शास्त्री जी.ए. ग्रियसर्नले बाल्हीकीजन्य खस भाषालाई पहाडी भाषाको संज्ञा दिएर पश्चिमी पहाडी, पूर्वीय पहाडी रे केन्द्रीय पहाडी गरी ३ भागमी बाँडेका छन्। पूर्वी पहाडी भनेर सिञ्जालीलाई दिएको छ। खस साम्राज्यमी सिञ्जाली (जुम्ली) राजकाजको माध्यम बनाई राज्य भाषाको स्थान दिइएकाले यसको उत्तरोत्तर विकास भयो। पछि गएर सबै बाहिसे रे अधिकांश चौविसे राज्यको राज्य भाषा नेपाली हुन गयो। यो खस वा हालको नेपाली भाषा विश्वका एक दर्जन सजिला रे वैज्ञानिक भाषा भित्र पर्दछ। यो भाषाको विकास पनि निकै द्रुत गतिमी भएको देखिन्छ। आज हामीले नेपाली भाषाका रूपमी बोलिने खस भाषा यही अवस्थामी थिएँँन। साहित्य, संस्कृति रे कलाको क्षेत्रमी समेत समृद्ध हुंदै गएको खस वा नेपाली भाषा पश्चिम नेपालबाटी फैलिंदै आसाम रे वर्मा तथा भुटानसम्म फैलिएको छ। विकास भएको रे सजिलो भाषा हुनाले रे नेपालमी खस राज्यको साम्राज्य कायम भएको हुनाले पनि यो भाषालाई अन्य भाषा भाषीहरूले ग्रहण गरेका रे विस्तार भएको देखिन्छ। २०५८को जनजणना अनुसार ४८.६१ प्रतिशत नेपाली जनताले आफ्नो मातृभाषा नेपाली बताएका छन्। अन्य मातृभाषा बोल्ने जनजातिहरूले पनि नेपाली भाषालाई कामकाजी रे दोस्रो भाषा बनाएका छन्। यसबाटी नेपाली या खस भाषा देशका बहुसंख्यक जनताले बुझ्ने राष्ट्र भाषाका रूपमी स्थपित भएको छ। नेपाली या खस भाषा विस्तारै स्थापित हुनुमा खस साम्राज्यको भाषिक आधिपत्यका कारण हो। यसको लागि पंचायती साशन सम्म पंचवर्षीय योजनामा अरु भाषाहरूको प्रयोग न्युनिकरण गर्न सरकारी कोष प्रयोग हुन्थ्यो। प्रजातन्त्र स्थापना भैसक्दा पनि नेपालको कुनै पनि सरकारी कामकाजमी नेपाली बाहेक अरु भाषा प्रयोग गर्न गैह्र कानुनी हुने सर्वोच्च अदालतले फैसला गरेको थियो, जुन दिनलाई अन्य भाषीहरूले कालोदिनको रूपमी अहिलेसम्म मनाउंछन्। लोकतन्त्र स्थापना पछि पनि, अहिले सम्मको नेपाल सरकारको बजेट रे नेपालको शिक्षा प्रणालीमी सरलीकरण लगायतका अन्य भाषालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको छैन।

नेपालको खस अङ्ग सम्पादन

नेपाल एउटा बहुराष्ट्रिय, बहुधार्मिक, बहुसांस्कृतिक रे बहुजातीय मुलुक हो। नेपाली समाजका विविध अङ्गहरू छन्। जस्तै मधेसी, थारु, कोचे, लिम्बू, याखा राई, हायु रे सुनुवार, झै, किराँतहरू, मगर, थामी, चेपाङ, लाप्चे, कुसुण्डा रे राजी, झ्र, लाङघालीहरू, नेवार, तामाङ, गुरुङ रे थारू झै हिमाली, राव, तराइलीहरू। यी अनेकौँ अङ्गहरू मध्ये खस नामक अङ्गले पनि नेपाली हुनुमी गौरव मान्दै आएको छ।[७] नेपालको एकिकरण राष्ट्रिय एकता तथा अङ्ग्रेजी साम्राज्यवादका विरूद्धको सङ्घर्षमी नेपालको इतिहासमी खस जातिले बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएको छ। नेपालको इतिहासमी राणा शासन स्थापना, कोत पर्व, भण्डारखाल पर्व, पंचायती व्यवस्था, साथै नेपालको वर्गीय मुक्ति आन्दोलन, सामाजिक मुक्ति आन्दोलनमी पनि खस जाति मुख्य भूमिकामी रहेको देखिन्छ। वर्गीय समाजमी इतिहासको शासक यो जाति मात्रै हो। साथै, शासित रे उत्पीडित रैतीका रूपमी, भाषिक शोसन बाहेक, अन्य उत्पीडनमी अन्य जातिहरू झैँ यो जाति रहेको छ।

सामाजिक इतिहासमी खस सम्पादन

माथि नै बताइसकिएको छ कि खसहरू आर्य हुन् तर बैदिक आर्य होइनन्। [citation needed] खसहरू हिन्दु रे बौद्ध दुबै धर्ममी आस्था राख्दथे । राजा भारदार रे सामान्य प्रजा समेत दुबै धर्ममी प्रवल आस्था राख्थे।[८] तिब्बती लामाहरूका दृष्टिमा खसहरू बोधिसत्वतार नै थिएँँ भने कुमाउँ रे गढवालका हिन्दुहरूका अगाडि खसहरूले आफूलाई संस्कारका भक्तका रूपमा उभ्याउँथे। खसहरूमी कुनै धार्मिक वा रिवाजमी कट्टरता थिएँँन। त्यसैले अवैदिक आर्य भइकन पनि खसहरूलाई वैदिक आर्य बन्न वा हिन्दुकरण हुन असहज नभएको देखिन्छ। कुनै पनि धार्मिक वा साम्प्रदायिक जड्ता नभएको रे संस्काकारमी समेत उदार हुनाले कर्णालीका जातिले नेपालमी प्रचलित रहेका मंगोलियनहरूलाई दशैं पर्व मान्न सिकायो भने मंगोलियनहरूले कुनै उत्सवमा निधारभरी चामलका अक्षता लगाउने प्रचलनलाई दशैंमी टिकाका रूपमी स्वीकार गर्रे। [citation needed] अहिले वर्णाश्रम रे खानपानमी समेत मानव सभ्यताको आधुनिकतासँगै यो जातिले आफूलाई समय सापेक्ष बाटोमा सहजै ढाल्दै लगेको देखिन्छ।

प्राचीन ऐतिहासिक कालदेखि नै नेपालमी मानव जातिको बसोबास भएको थियो। नेपालका आर्य खस, मधेसी आर्य रे मंगोल सबै बाहिरबाटी आएर बसेका जाति हुन्। मंगोलियन जातिको नेपाल प्रवेश मुख्यतः उत्तर रे पूर्वोत्तर दिशाबाटी भएको देखिन्छ। भने खसहरू पश्चिम नेपाल प्रवेश गरेका थिए। यी दुई जाति मध्ये पुराणलाई छोड्दा खसहरूले पहिले प्रबेश गरेको देखिन्छ। [९] नेपाली संस्कृति कुनै जातिको प्रवेशले अर्को जातिको सङ्घर्ष नेपालमी भएन।[१०] खसहरूले नेपालमी सह जाती मंगोलियनहरूलाई लखेटेर जातीय राज्य खडा गर्ने काम गरेनन्। [citation needed] यहाँका आदिबासी, आर्य रे मंगोलियनका बीचमी ठुलो मात्रामी जातीय सङ्घर्ष भएन। दुवै जातिले प्रारम्भकाल देखि नै एक अर्काको अस्तित्व स्वीकारर्दै मेलमिलाप गरेर बसेको देखिन्छ।[११] नेपालका यी जातिहरूका बचिमा रे अन्य जातिहरूका बीचमी पनि सांस्कृतिक आदानप्रदान रहनसहनको लेनदेन तथा सद्भाव रहंदै आएको छ। नेपालको सामाजिक इतिहासमी यो सांस्कृति व्यावहारिक तथा मनोवैज्ञानिक संगमलाई नेपाली सामाजिक सभ्यताका रूपमी अरूले पनि मूल्यांकन गर्ने गरेका छन्।

आजको समयमी खस सम्पादन

 
आधुनिक खस जाति, पर्वते हिन्दु

आजको समयमी पनि केही खस संस्कारहरू जीवितै छन्। पूर्ण रूपले हिन्दुकृत भएका खसहरूले हिन्दु धर्मसँगै खस संस्कारहरू पालना गर्छन्। खसको मूलभूत चिह्नहरूमध्ये मष्टो पुजा वा देवाली एक हो। आज पनि खस केही बाहुन,ठकुरि रे क्षेत्री समुदायहरू १२ मष्टो देवताका पुजा गर्छन्। अन्य हिन्दु जातिहरूसँग भिन्न रहने मष्टो पुजा प्राचीन खस संस्कार हो। पर्वते हिन्दु समुदायको अर्को चिनारी खस भाषा (नेपाली भाषा) हो। यो एक भारोपेली भाषा परिवार को एक शाखा हो।

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. Dor Bahadur Bista (1991). Fatalism and Development: Nepal's Struggle for Modernization. Orient Blackswan. ISBN 978-81-250-0188-1.
  2. २.० २.१ Acharya, Baburam (1975), Bhandari, Devi Prasad (ed.), "Itihas Kaalbhanda Pahile" (PDF), Purnima, Kathmandu, 8 (1)
  3. John T Hitchcock (1978). "An Additional Perspective on the Nepali Caste System". In James F. Fisher (ed.). Himalayan Anthropology: The Indo-Tibetan Interface. Walter de Gruyter. ISBN 978-90-279-7700-7.
  4. ४.० ४.१ Pokharel, Balkrishna (December 1, 1973) [1962], "Ancient Khas Culture" (PDF), Regmi Research Series, 5 (12): 229–236
  5. Grierson, George Abraham (1916). Linguistic Survey of India, Volume 9, Part 4. 9. Office of the superintendent of government printing, India.
  6. Kalhana. Kalhana's Rajatarangini: a chronicle of the kings of Kasmir. 2. p. 433. ISBN 9788120803701. Retrieved 4 March 2019.
  7. [ बालकृष्ण पोखरेल, खस जातिको इतिहास, उदात्त अनुसन्धान अड्डी, बिराटनगर, २०६५ पृष्ठ ६३४ २०]
  8. [प्रा.डा.सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास, भूँडीपूराण प्रकाशन, काठमाडौँ प्रथम संस्करण, २०६१, पृष्ठ १९७]
  9. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
  10. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]
  11. [प्रा.डा. प्रेमरमण उप्रेती, प्रा. डा. कृष्णबहादुर थापा, नेपालको सङ्क्षिप्त सामाजिक आर्थिक तथा कुटनैतिक इतिहास, साझा प्रकाशन, काठमाडौँ २०५३ पृष्ठ १]

साभार : (शशिधर भण्डारी) हाक साप्ताहिक

पुस्तक सम्पादन

यो पनि हेर्नुहोस् सम्पादन

बाहिरी स्रोत सम्पादन