पाँडे वंश

नेपाली राजनैतिक वंश

पाँडे वंश वा पाण्डे वंश नेपाली राजनैतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । यिनीहरूको उदय गोरखाका राजा द्रव्य शाहको राज्यारोहणबाट सुरू भएको थियो । पछि शिवराम सिंह बस्न्यातको परिवारसँग पृथ्वीनारायण शाहको पालामा यस परिवारको जोडदार सम्बन्ध बन्यो ।

काजी कालु पाँडे, पाँडे वंशका महानायक

गणेश पाँडे यस भारदार परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । काजी वीरुदत्त पाण्डे गोरखाका काजी हुन् ।[१] उनी गणेश पाँडेकै पछिल्ला वंशज हुन्। वीरुदत्तका छोरा काजी भीमराज पाँडे राजा नरभूपाल शाहलाई राज्यारोहण गराउने भारदारी समुहमा थिए । भीमराजका छोरा काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । यस परिवारको सर्वोच्च प्रतिनिधि कालु पाँडे नै थिए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए ।[२] उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । उनका तीन छोरा थिए;वंशराज पाँडे, रणशूर पाँडे र दामोदर पाँडे। उनका जेठा छोरा देवान काजी वंशराज पाँडे पनि नेपाली जनरल थिए ।[२] वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाँडे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।[३] उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो ।

मूलकाजी दामोदर पाँडे, पाँडे वंशका प्रधानमन्त्री

उनका छोरा रणजंग पाँडे पनि नेपालको तेस्रो प्रधानमन्त्री हुन् ।

स्रोतहरू सम्पादन