कालु पाँडे
कालु पाण्डे वा कालु पाँडे (जन्म: वंशिधर पाण्डे) (नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्) एक महान् भारदार हुन।[१] गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन् ।
श्री श्री काजी साहेब वंशिधर "कालु" पाँडे | |
---|---|
काजी कालु पाण्डेको तस्विर | |
प्रधानसेनापति
| |
अग्रज : | विराज थापा मगर |
उतराधिकारी : | अभिमान सिंह बस्नेत |
आफ्नोइ जानकारी | |
जनम | वि.सं. १७७४ गोरखा |
मर्या | वि.सं.१८१४ कीर्तिपुर |
चेलाचेली | वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे |
धर्म | हिन्दु |
विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्तसँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्नेत सेनापति भए।