विकिपिडिया:खास लेखअन/खास लेख समन्वय समिति

विकिपिडियाको खास लेखको लागी आवेदनहरू मतदान पूर्व खास लेखका मापदण्डहरू अनुसार तयार भए नभएको पूनरावलोकनको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले प्रबन्धक वर्गलाई चुनिएको छ र जुन प्रयोगकर्ता ईच्छुक छन् त्यो यहाँ वार्ता पृष्ठमा आवेदन राख्नुहोला ।

खास लेख समन्वय समितिका सदस्यहरू सम्पादन

समितिका सदस्यहरूको कार्य तथा कर्तव्यहरू सम्पादन

खास लेख समन्वय समिति

  • यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
  • सक्रिय समितिका सदस्यहरूले आवेदन परेको लेखलाई तोकिए अनुसारको खास लेखका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नु पर्नेछ ।
  • आवेदन परेको लेखलाई पूनरावलोकन गर्दा लेखको वार्ता पृष्ठमा {{subst:विकिपिडिया:खास लेख/खास लेख समन्वय समिति/पूनरावलोकन}} कोड प्रयोग गरि त्यस पश्चात आउने तालिका अनुसार जाँच गर्नु पर्नेछ ।
  • पूनरावलोकन पश्चात आवेदन परेको लेखमा समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर मतदानको लागी सिफारिस गर्नेछ वा मापदण्ड पूरा नगरेको लेखमा कारण सहित समितिको तर्फबाट कुनै एक जना सदस्यले हस्ताक्षर गरेर आवेदन खारेज गर्न सक्नेछ ।
  • मतदान समाप्त भए पश्चात निर्वाचित लेखको पृष्ठमा {{खास लेख|वर्ग}} राखि खास लेखको चिन्ह प्रदान गर्ने तथा उक्त लेखलाई खास लेख सुचीमा वर्ग अनुसार छुट्टयाई राख्ने ।
  • खास लेखमा छनौट भएको लेखलाई दर्ता भएका सम्पादकहरूलाई सम्पादक गर्न सक्ने गरि सुरक्षा स्तर परिवर्तन गर्ने ।