ईश्वरबल्लभ (वि.सं. १९९४ - वि.सं. २०६४) नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइलाइन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

ईश्वरबल्लभ
चित्र:Ishwar Ballav-en.jpg
जनमजुलाई ११, १९३७
जैसीदेवल, काठमाडौँ, नेपाल
मृत्युमार्च २२, २००८(२००८-०३-२२) (७० वर्ष)
काठमाडौँ
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
विधाकविता
साहित्यिक आन्दोलनतेस्रो आयाम
उल्लेखनीय कार्यअनआगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्
उल्लेखनीय सम्मानअनमदन पुरस्कार
दम्पतिकमला भट्टराई

लेखन तथा काव्यप्रवृत्ति‍‍ सम्पादन

ईश्वरवल्लभका कवितामा इतिहास, पुराण, दन्त्यकथा आदिबाट ताक्षणिकता वहन गर्ने खालका आघबिम्ब र प्रतीक तथा चित्रात्मक, अमूर्त, किलिष्ट, दुर्बोध्य, विचलनयुक्त, भाषिकविन्यास पाइन्छ ! वौद्धिक र प्रतीकात्मक अभिव्यक्ति तथा कतिपय कृत्रिम शिल्पसज्जाका कारण यिनका कतिपय कविता दुर्बोधसमेत बन्न पुगेका छन् ! यति हुँदाहुँतै पनि आनुप्रासिक संयोजन, रुनरावृत्तीय भाषिकविन्यास वा समान्तरताको बहुप्रयोग कारण मुक्तछन्दमा संरचित यिनका गद्यकविताहरू अन्त लयात्मक र अन्त सांगीतिक गुणले अनुप्राणित छन् ![१]

कृतिहरू सम्पादन

  • आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् (कवितासङ्ग्रह) वि. सं २०२९
  • केही भूमिकाहरू (निबन्धसङ्ग्रह) वि. सं २०३१
  • एउटा शहरको किनारामा (कवितासङ्ग्रह)
  • समान्तर (कवितासङ्ग्रह) वि. सं २०३८
  • नीलो माटो (कथासङ्ग्रह) वि. सं २०४१
  • सोचको मायामठ, (निबन्धसङ्ग्रह) वि. सं २०५७
  • प्रस्तुत (निबन्धसङ्ग्रह) वि. सं २०५९
  • धूवाँको जङ्गल (कवितासङ्ग्रह) वि. सं २०६०

निधन सम्पादन

ईश्वरबल्लभ उच्च रक्तचापमधुमेहका रोगी थिए। ७० वर्षका उमेरमा हृदयघातको उपचार गर्दागर्दै २०६४ साल चैत ९ गते शनिवार अस्पतालमै उनको निधन भयो।

सन्दर्भ सामग्रीअन सम्पादन

  1. गुरुङ, अनुष्कर पुष्कर. कवि ईश्वर बल्लभको काव्यप्रवृत्ति. सिलिगुडी: नेपाली विभाग, सिलिगुडी कलेज.