सुर्ती
सुर्ती एक प्रकारको निकोटिन प्रजातिको वनस्पति सुर्तीको पातलाई सुकाई तयार पारिन्छ । चुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यईको धुवाँ बाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाई सीधा मुखमा राखेर चुसी नशा लिने पनि प्रचलन छ । सुर्ती एक विष हो, एक मन्दविष जईले विस्तार विस्तार मानिसको ज्यान लिन्छ। सरकारले सुर्तीजन्य उत्पादनबाट उल्लेख्य राजश्व प्राप्त गर्दछ यद्यपि सुर्ती देखि उत्पन्न रोगहरूको उपचारमा जति खर्च गरिन्छ, राजस्व त्यो भन्दा धेरै कम हुन्छ। सुर्तीको सेवनले जीवन शक्तिमा पनि ह्रास हुन्छ। सुर्तीले मुखको क्यान्सर लगायतका भयंकर रोगहरू निम्त्याउँछ यद्यपि मानिसहरू यसको प्रयोग गरिरहन्छन् ।
नेपालमी सुर्तीको प्रयोगसम्पादन
नेपालमी विभिन्न तरिकाले सुर्ती प्रयोग गरिन्छ।
धुवाँरहित सुर्ती
- सुर्तीयुक्त पान
- पान मसाला
- सुर्ती, सुपारी र चुनको मिश्रण
- मैनपुरी सुर्ती
- मावा
- सुर्ती र चूना (खैनी)
- चबाउन योग्य सुर्ती
- सनस
- मिश्री
- गुल
- बज्जर
- गुढाकू
- क्रीमदार सुर्ती पाउडर
- सुर्ती युक्त पानी
ध्रूमपानयुक्त सुर्ती
Nicotiana × sanderae ornamental cultivar