विकिपिडिया:व्यवस्थापकअन

ये चित्रबठे थाह होइ रैछ कि प्रबन्धकको चिन्ह एक कुचो हो । येको मतलब हुन्छ कि उनुनबठे गरिन्या काम, जसमी उनुनले विकिपिडियालाई एक स्वच्छ समाज बनाउन्या छन् साथै गल्तीअनलाई हटाइबर उइलाई सफा गददेछन् । येले यो कुराको लै जानकारी दिन्छ कि प्रबन्धकअनले आफुलाई विशेष व्यक्ति नमाणिबर आफुलाई आफ्नो समाजको एक सेवक माण्नु पणून्छ।

प्रबन्धक अङ्ग्रेजीमी Administrators जैइलाई एडमिन्स अथवा सिसप (सिस्टम चलाउन्या व्यक्ति) लै भणीन्छ । विकिपिडियाको त्यो सम्पादक प्रयोगकर्ता हो जैइलाई विकिपिडिया सिस्टमको केइ जरूरी तथा प्रतिबन्धित टुल्स और विशेष आदेशअनलाई काममी लिने अनुमति हुन्छ । जसो:- प्रबन्धक कोइ लेख अथवा पृष्ठलाई मेट्टू सक्दान्, अन्य प्रयोगकर्ताअनलाई प्रतिबन्धित गद्दु सक्दान् । कोइ लेख तथा पृष्ठलाई रक्षित गद्दु सक्दान् । आदि ।

प्रबन्धकअनकि लेखा नीति तथा निर्देशन सम्पादन

अङ्ग्रेजी विकिपीडिया (जो आजका सन्दर्भमी सब है आगा छ)का अन्सारअ प्रबन्धकअनले पालना अद्‍दु पड्‍ड्या केइ आवश्क नियमअन इस्याँ छन।

प्रबन्धक भँण्ण्या कोइ ठुलि कुरणि नाइहो सम्पादन

विकिपीडियाको प्रारम्भिक दिनहरूमा प्रत्येक सदस्यहरू नै प्रबन्धकको रूपमा काम गर्दै थिए र उनलाई आज पनि गर्नु पर्छ । यो सधैँ मानिएको छ कि प्रबन्धक समाजको कुनै विशेष हिस्सा नभएर उसैको सदस्य हो । हेरौँ भने त विकिपीडियाको धेरैजसो प्रबन्धनको कार्य कसैले पनि गर्न सक्छ ।

विकिपीडियाका संस्थापक जिम्मी वेल्सका अन्सारअ:

"मुइ यो भण्ण चाहनौ कि सिसअप बन्नु कोइ भउतै ठुलि कुरणि नाइहो।

मेरो मान्यता छ कि म उनिहरूलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ । म प्रबन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु । यो त मात्र प्राविधीक कुरा हो कि कसैलाई यहाँको केही मुख्य प्राविधीक कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन ।

म चाहदैन कि कसैले सोचोस् कि प्रबन्धक पद कुनै विशेष तक्मा हैन"

- जिमी वेल्स, विकिपीडिया.ओआरजीबठे लिएया

ये पूरा कथनबठे यो मतलब लगुन सकिन्छ कि प्राविधीक कामहअनलाई जिम्मेवारीसित रे ठिक गर्नु जहाँ महत्त्वपूर्ण छ मात्र एक प्रबन्धक हुनु नाइँहो ।

प्रबन्धक बन्नलाइ क्याद्दु पडन्छ सम्पादन

विकिपिडियाका अनुसार कोइ खास नियम नाइँथिन जैइबठे कोही प्रबन्धक बन्न सक्दान अथवा नाइँसक्दा । कुनै पनि व्यक्ति प्रबन्धक पदको लागी आवेदन दिन सक्छ । यसको पूर्वमा विकिपीडियामा अनुभवको साथै यहाँ माथी गर्न सकिने विश्वास अथवा भरोसा हुनु आवश्यक छ । तैपनि उसको द्वारा पूर्वमा गरिएका कामहरूको महत्व त छ नै । हर सम्पादकको नजरमा कुनै प्रत्याशीको बारेमा अलग-अलग विचार हुन सक्छ । उनिहरूको विश्वास हासिल गर्नु र उनको तपाईको बारेमा विचारहरूमा निर्भर छ । नामांकनको लागी निवेदन गर्नु पहिले या कुनै अरु द्वारा गरिएको तपाईको नामांकनलाई स्वीकार्नु भन्दा पहिले यो ध्यान दिनु कि प्रत्याशीलाई कम से कम केही महीना देखि विकिपीडियामा सक्रिय हुनै पर्छ, यहाँको कामहरूसँग परिचित हुनै पर्छ कि के कसरी गरिन्छ । राम्रो काम अथवा विकिपीडियाको नीति निर्देशहरूमा विश्वास र उसलाई मान्नु पर्ने तथा समाजको विश्वास हासिल गर्नु पर्छ । यदी तपाईं प्रबन्धकको सबै काइदा कानून र नीति निर्देशनहरूसँग सहमत हुनुहुन्छ भने तपाईं आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी चौतारीमा जानुस् । नामांकन भै सके पछि उसको बारेमा समाजद्वारा यस बारेमा चर्चा हुनेछ । लगभग एक हप्ता पछि अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ । लगभग यदी वार्ताहरूमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरू प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रबन्धकको पदमा नामांकित गर्दिन्छन् ।

ध्यान दिनुहोला कुनै व्यक्ति द्वारा चाहे जती खाताहरू विकिपीडियामा बनाइएका होउन् तर उनमा मात्र एक नामलाई नै प्रबन्धकको अधिकार दिन सकिन्छ । एक पटक प्रबन्धक बनाइए पछि यो सधैको लागी हुन सक्छ । जब सम्म उसलाई कुनै विशेष कारणबाट हटाइदेन । प्रायजसो विकिपीडियाका नियमहरू तोडेमा अथवा आफ्नो अधिकारहरूको दुरूपयोग गरेमा प्रबन्धक पदबाट हटाउने काम हुन्छ ।

कृपया सावधानी अपनाउनु होला सम्पादन

यदी तपाईलाई प्रबन्धक बनाइएछ भने तपाईलाई मिलेका नयाँ अधिकारहरूको उपयोग गर्नमा तपाईलाई विशेष सावधानी अपनाउनु पर्छ । खास गरेर लेखहरू र पानाहरूलाई मेट्न सक्नुका साथै आई. पी. ठेगानाका अनुसार सदस्यहरूमा प्रतिबन्ध लगाउनु तपाईको नयाँ अधिकार हो । तपाईलाई आफ्ना यी नयाँ अधिकाहरूलाई कसरी प्रयोग गर्ने, अथवा के गर्ने, के नगर्ने आदीको लागी यो निर्देशन हेर्नुहोला अथवा पुराना प्रबन्धकको पदमा कार्यरत सदस्यहरूसँग सल्लाह लिनुहोला । लाज नमान्नुहोस् ।

प्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न तपाईको आफ्ने फैसलामा निर्भर गर्छ र यो सिख्न बुझ्नमा धेरै समय लाग्न सक्छ। कुन टूललाई कसरी र कहिले प्रयोग गर्न सकिन्छ अथवा कति समयको लागी। जस्तै:- पृष्ठ र लेखहरूलाई सुरक्षित गर्नु या कुनै प्रयोगकर्तालाई प्रतिबंधित गर्नु । नयाँ प्रबन्धकहरूलाई सल्लाह दिइन्छ कि उनी नयाँ मिलेको पदमा आराम-आरामले आफ्नो कामको शुरुवात गरुन्, बुझुन् अनि अगाडी बढुन् । एकै साथ सबै काम गर्नेको नीति नअपनाउनु ।

यो आशा पनि गरिन्छ कि प्रबन्धक आफ्नो खाताको सुरक्षामा विशेष ध्यान राख्नुहोला आफ्नो खाताको ताल्चा बलियो राख्नु जो कि बिगार्न अथवा भाँच्न न सकियोस् । साथै आफ्ना खाताहरूका साथ जोडिएका ईमेल ठेगानाको सुरक्षा पनि चाक चोबंध(मजबूत) राख्नु।

प्रबन्धकले कुन काममा मद्दत गर्न सक्छन् सम्पादन

प्रबन्धकको अधिकारहरूलाई विकिपीडियाको यि कामहरूलाई गर्नाको लागी विशेष रूपमा प्रयोग गर्न सकिने छ ।

  • जुन घटनाहरूमा प्रबन्धकहरूको ध्यान चाहियो
  • तिन पटक लेख पूर्वत नियम तथा संपादन युद्घ
  • भेन्डालीजम विरोध
  • कपीराईट समस्या
  • छिटै मेट्न योग्य लेख
  • प्रवन्धन बेक्लोग

प्रबन्धकको आचरण सम्पादन

प्रबन्धकहरू बाट यो आशा गरिन्छ की उनिहरू सबैको लागी एक उदहारण प्रस्तुत गरुन् र हमेशा अरुसँग वार्तालाप गर्ने बेलामा नैतीकता र सहनसिलता अपनाउन्। प्रबन्धकहरू बाट यो पनि आशा गरिन्छ की उनीहरू विकिपीडियाका नियम मानुन् र आफ्ना कामहरूलाई उत्तम तरीकासँग गरुन्। कहिले कहिँ कुनै गल्ती हुन सक्छ, आखिर प्रबन्धक पनि मान्छे नै हुन् अथवा कहिले कहिँ गरेका गल्तिहरूलाई नकार्न सकिन्छ। हालांकि विकिपीडियालाई भारी नोक्सान पुगाउने खालका गलतिहरूमा अथवा लगातार गलत निर्णय या कार्य गरेमा उनलाई यस पदबाट हटाउन पनि सकिने छ। प्रबन्धकहरूलाई अरु पुराना अनुभवी लेखकहरूसँग यस्तो व्यवहार गर्नु पर्छ जो की अन्य सदस्यहरूको लागी मिसाल बनोस्।

प्रबन्धकहरूलाई यो ध्यान राख्नु पर्छ की विकिपीडियामा भइ रहेको विकासको यस तिब्र यात्रामा उनको साथ यहाँ अरु पनि धेरै प्रबन्धक साथी छन् । यदी कुनै विषयमा उनलाई लाग्छ की उनी सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनलाई अन्य साथिहरूसँग सहायता माग्नु पर्छ अनि उस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ ।

जिम्मेवारी सम्पादन

प्रबन्धक आफु द्वारा गरिएका प्रवन्धन कार्यहरूको लागी पुरा पुरा जिम्मेवार व्यक्ति हो । जस्तै की उनलाई दिइएका अधिकारहरू र उपकरणहरूको उपयोग, जसबाट उनले अन्य सम्पादनहरूलाई ठेस वा हानी पुर्याउन सक्छ । जुन व्यक्तिसँग उनको जत्रो अधिकार छैन। कुनै पनि सम्पादक अथवा प्रयोगकर्तालाई कुनै प्रबन्धकद्वारा गरिएको कामको आलोचना गर्ने पूरा हक छ जब सम्म की यो सम्मानजनक तरीकाले, अनुशासनको दायरामा र द्वेषको भावनाको तहत गरिदैन । प्रबन्धकहरू बाट यो आशा गरिन्छ की उनले गरेको यस्तो आलोचनालाई गलत भावमा न लिएर उनको पूरा जिम्मेवारी र अनुशासनको साथ जवाब दिउन् र यदी कुनै गल्ती भए उसलाई भित्री मनले स्विकार गरिहाल्ने।

यस्तो प्रबन्धक जसले समाजले आफु माथी गरेको विश्वास घात गर्छ र जसको द्वारा पटक पटक गल्तिहरूले भरिएको व्यवहार हुन्छ उनलाई यस पदबाट हटाउन सकिने छ। यो उ कारण हो जो कि पूर्वमा अन्य भाषाको विकिपीडियामा कुनै प्रबन्धकलाई हटाइएको छ :-


  • पटक पटक गल्तिहरूलाई दोहराउने र गलत निर्णय लिने
  • विकिपीडियाका नियमहरूलाई तोड्नु
  • अन्य सदस्यहरूसँग वार्तालापको अभाव अथवा उनसँग राम्रो तरीकाले सम्मानजनक रूपको व्यवहार न गर्ने
  • नराम्रो मनले द्वेषमा कार्य गर्ने
  • अन्य कयौँ यस्ता कार्य गर्ने जो की विकिपीडिया प्रबंधनमा बाधा पार्न सक्छ।

प्रयोगकर्ताहरू द्वारा रिपोर्ट ( "प्रबन्धक अधिकारहरूको दुरूपयोग") सम्पादन

यदी कुनै सदस्यलाई लाग्छकी कुनै प्रबन्धकले उसको बिरुद्ध गलत निर्णय लिएको छ भने उसलाई उस प्रबन्धकसँग सीधा यस मसोदामा शिष्टाचारसँग बात गर्नु पर्छ र यस मसौदालाई सुलझाउनाको कोशिश गर्नु पर्छ। द्वेषमा अथवा गलत शब्दहरूको प्रयोग गर्नुबाट सदैव बच्नु पर्छ। हालांकि यदी दुवै पक्षमा यो मामला सुल्झेन भने यसलाई चोतारीमा उठाउन सकिन्छ या अन्य प्रबन्धकहरूसँग यस बारेमा कुरा गर्नु पर्छ। तपाईं उनलाई सिधै ईमेल पनि पठाउन सक्नु हुनेछ। (अन्य प्रबन्धकहरूको सूची तल हेर्नुहोस्)

प्रबन्धक टूल्स/अधिकारहरूको दुरूपयोग सम्पादन

आफ्नो प्रबन्धक टूल्स अथवा अधिकारहरूको दुरूपयोग एक घंभीर मामला हो र विकिपीडियाको नियमहरूको विरुद्ध हो। यो सबै अधिकार कुनै सदस्यहरूलाई विकिपीडिया सिस्टमका केही महतवपूर्ण काम गर्नाको लागी दिइन्छ। यिनलाई कुनै पनी सूरतमा दुरूपयोग हुन हुदैन। हर हालतमा इनलाई सोचेर बुझेर मात्र उपयोग गरौँ, गलत उपयोगको कारण यो वापस पनि लिन सकिने छ।

आम स्थितिहरू जहाँ आफ्नो प्रबन्धक अधिकारहरूको प्रयोग गर्नबाट बच्नु पर्छ :-

  • जहाँ तपाईं आफै यस्तो वार्तालाप अथवा रोपोर्टको हिस्सा हुनुहुन्छ।

प्रबन्धकहरूलाई यस्तो मामलामा आफ्नो अधिकारहरूका उपयोगबाट बच्नु पर्छ जसमा उनी आफै शामिल हउन्, उनमाथी आफ्नो अधिकारहरूको फाइदा उठाउनाको आरोप लाग्न सक्छ। यस्तोमा निर्णय कुनै अरुलाई लिन दिनुहोस्।

  • नियमहरूको विरुद्ध अधिकारहरूको उपयोग न गरौँ

यदी विकिपीडियाका कुनै नियममा यो लेखेको छ की कुनै कामहरूमा अथवा कारणहरूमा प्रबन्धकहरूलाई आफ्नो अधिकारहरू या टूल्सको उपयोग गर्न हुदैन, त न गर्नु नै वेस छ। केही मामलाहरूमा अपवादका तौरमा प्रयोग गर्नु भयो भने उसको पक्का कारण हुनु पर्छ र त्यो भन्दा पहिले चौतारीमा वार्तालाप गर्नु उचित होला।

  • अन्य प्रबन्धकहरूका कार्यहरूका विरुद्ध कार्य

कुनै पनि प्रबन्धकलाई आफु जस्तै साथी प्रबन्धकद्वारा गरिएको कार्यलाई बदल्नु या उसको विरुद्ध कारवाही गर्नबाट बच्नु पर्छ। जरूरी भएमा, पहिले बातचीत गरौँ अनि हेरौ असली मामला के हो। मिलीजुली कार्य गरौँ।

  • परिवर्तन गरिएको कार्यलाई फेरी पूनर्वत गर्ने

यदी कुनै कामहरूलाई परिवर्तन गरिएको छ या कसैबाट कुनै अधिकार वापस लगि सकेको छ, भने बिना आम सल्लाहको उसलाई पूर्वत न गरौँ।

सधैँ जसो आफै निर्णय लिनुबाट बच्नु होस् र जरूरी भएमा अन्य प्रबन्धकहरूसँग सलाह लिनुहोस् अनि उनलाई निर्णय लिन दिनुहोस्। जरूरी छैन की तपाईं हर मामलामा सही निर्णय लिन सक्नुहुन्छ, तर अन्य कोही जरूर लिन सक्छ। मिलीजुली कार्य गर्ऩु जरूरी छ।

गैर प्रबन्धक सम्पादन

यो कुरा ध्यानमा राख्नु पर्छकी कुनै प्रबन्धकद्वारा यदी कुनै सदस्य, लेख, पृष्ठ, विवाद आदिमा आफ्नो अधिकारहरूको उपयोग लिईयो, अनि यदी त्यो उचित, कार्यप्रणालीको अधीन, तथा संक्षिप्त छ भने त्यो उनै लेखहरू, पृष्ठ, विवादहरू र सदस्यहरूसँग अर्को यी अधिकारहरूको उपयोग गर्न सक्छ। यसबाट कुनै फरक पर्दैनकी त्यो पूर्वमा पनी यसैमा शामिल थियो। यो यसैले किन भनें प्रबन्धकको त काम नै यस्तै कार्य गर्नु हो। अँ यदी त्यो चाहे उ एक राम्रो व्यवहारका तहत यसलाई कुनै अरु प्रबन्धकलाई गर्नको लागी सुम्पन सक्छ, तर यस्तो गर्नु जरूरी छैन।

यदी मामला पहिले जस्तै छ र उनै कारणहरूको कारणले निरिक्षणमा आएको भए यो हुन सक्छकी प्रबन्धकको निर्णय उस मामलामा पहिले जस्तै हूनुपर्छ।


कुनै प्रबन्धकको कुनै मामलामा अथवा सदस्यको साथ विवादमा केवल यसैल मान्न सकिदैन की उसल पहिले कहिलै उसलाई कुनै चेतावनी जारी गरेको थीयो जो की उसको द्वारा गरिएको कुनै यस्तो कामको कारण थीयो जसबाट कुनै विकिपीडिया नियम टूटेको थियो। यसबाट कुनै प्रबन्धकद्वारा भविष्यमा यस्तो कुनै लेख या सदस्यको बिरुद्ध करवाईलाई द्वेषमा या "आफै सम्मिलित भएको आरोप"को तहत लिन सकिने छैन

तैपनी, यदी यस्तो आसंका हुन सक्छकी यो सबै कुरा उठ्रन सक्छ, त्यसैले सब भन्दा राम्रो त यही होलाकी यस्तो मामलाहरूमा निर्णय कुनै अन्य प्रबन्धक लिउन्, अथवा तपाईं उनलाई यो कार्य दिदीनुहोस्।

प्रबन्धकलाई हटाउने सम्पादन

यदि कुनै प्रबन्धक आफ्नो अधिकारहरूको गलत उपयोग गर्छ र विकिपीडियालाई नोक्सानी पुर्याउँछ भने उसलाई यस पदबाट हटाउन सकिने छ । प्रबन्धक पद बाट कुनै प्रयोगकर्तालाई हटाउने प्रावधान केही विकिपीडियामा रहेको छ भने केहीमा अझै पनि छैन तर प्राय: जसो विकिमा अब यसको प्रावधान रहेको पाइन्छ । यदि कुनै प्रबन्धक ६ महिना भन्दा अधिक समय सम्म निष्क्रिय छ भने उसलाई त्यस पदबाट हटाउने गरिन्छ जसको कारण यो हो कि नयाँ तथा सक्रिय प्रयोगकर्ताहरूलाई पदोन्नति दिनु र लामो समय सम्म अनुपस्थित रहेका प्रबन्धकको खाता ह्याक भएर दुरुपयोग हुन नसकोस् । हालमा प्रबन्धकलाई प्रशासकहरूले हटाउन सक्छन् ।

लामो समय सम्म निष्क्रिय सम्पादन

प्रबन्धकहरुको लामो समय सम्म विकिपीडियामा अनुपस्थितिले अनावश्यक रूपमा प्रबन्धकहरूको संख्यामा वृद्धि रोक्नका लागी तथा नयाँ सक्रिय प्रयोगकर्ताहरूलाई प्रबन्धक बन्ने अवसर दिएर विकिपीडियाको प्रगतिको लागी निम्न परिस्थितिमा यिनिहरूलाई हटाउन सकिन्छ:-

अवधि अधिकतम सम्पादन जम्मा सम्पादन
६ महिनामा ५० भन्दा कम ३००० भन्दा कम
१ वर्षमा १५० भन्दा कम ६००० भन्दा कम
१.५ वर्षमा २५० भन्दा कम ९००० भन्दा कम
२ वर्षमा ५०० भन्दा कम १२,००० भन्दा कम
३ वर्षमा १००० भन्दा कम १५,००० भन्दा कम
  • उदाहरणको लागी यदि कुनै प्रबन्धकको जम्मा सम्पादन ८९१५ छ, भने उसले पछिल्लो १.५ वर्ष मा २५० भन्दा कम सम्पादन गरेको आधारमा पद मुक्त गर्न सकिन्छ ।

रिपोर्टहरूको निरस्तीकरण सम्पादन

प्रायः प्रबन्धकहरू बाट भएका कुनै पनि वाद-विवादलाई वार्तालापद्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदी यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबन्धकद्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।

यस्तो मामलाहरूमा कुनै प्रबन्धकद्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाईं यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।

स्वैच्छिक हट्नु सम्पादन

कुनै पनी प्रबन्धक आफैले आफुलाई दिइएका अधिकारुकलाई फिर्ता दिन सक्छ। साथै यदी यो अधिकार राम्रो स्थितिमा फिर्ता दिइएको होस् तर कुनै प्रकारको वाद विवादमा फिर्ता भएको नहोस्, कहिल्यै पनि उ व्याक्ती उनलाई पुनः प्राप्त गर्नको लागी मात्र प्रशाशकसँग अपिल गरोस्, यो उसलाई पुन: फिर्ता दिन सकिने छ।

आम सहमतिमा हट्नु सम्पादन

कतिपय प्रबन्धकहरूले यो निर्णय लिन सक्ने छन् कि यदी जनमतबाट उनलाई हटाउनाको बिचार जाहेर हुन्छ भने उसले आफ्नो राजिनामा आफै दिने छ। यो निर्णय हर प्रबन्धकको आफ्नु हुनुपर्छ यो आवश्यक छैन कि उसले यस्तो गर्नै पर्छ अथवा हर यस्तो जनमतमा हट्ने छन्। यदी उ व्यक्ती यस्तो गर्न चाहन्छ भने यसको लागी उनले स्टीवर्ड सँग सम्पर्क राखेर अपिल गर्नु पर्ने छ।

सेवानिवृत्त सम्पादन

यदी कुनै प्रबन्धक कुनै निर्धारीत समय देखी सक्रिय हुनुहुन्न भने उनलाई गैरसक्रिय मान्न सकिन्छ अथवा वहाँ सेवानिवृत्त हुन सक्छन्। तर पनि जब सम्म वहाँले आफ्नो खाता विकिपीडियामा बंद गर्दैनन् अथवा आफ्नो अधिकार वापस दिदैनन् तब सम्म वहाँ प्रबन्धक नै रहनु हुनेछ।

सुरक्षा सम्पादन

प्रबन्धकहरूबाट यो आशा गरिन्छ कि वहाँहरू आफ्नो र विकिपीडियाको सुरक्षालाई ध्यानमा राख्दै र आफुलाई दिइएका विशेष अधिकाहरूको सुरक्षाको लागी आफ्नो विकिपीडिया खातामा ख़ास ध्यान दिउन्। उनलाई आफ्नो खाताहरूको सुरक्षा बढाउनको लागी उनको बलियो साँचो रोज्नु पर्छ। साथै यस्ता खाताहरूको साथमा जुड़ेका ईमेल ठेगानाहरूको पनि सुरक्षामा ध्यान दिनु आवस्यक छ।

याद राख्नु कि यदी प्रबन्धक आफ्नो खाताहरूको सुरक्षा गर्नमा अक्षम रहेमा अथवा यिनै कारणहरू बाट विकिपीडियाको सुरक्षामा कुनै ख़तरा उत्पन्न भएमा उनलाई यस पदबाट हटाउन सकिने छ। यस्तो निर्णय हमेशाको लागी हुन सक्छ।

  • कृपया ध्यान दिनुहोला: यो नियमावली अङ्ग्रेजी तथा विकिपीडिया बाट प्रेरित सम्बन्धित हो, तर आवश्यक छैन कि यो त्यसै प्रकार हुन्छ । नेपाली विकिपीडिया एउटा बेग्लै विकी प्रोजेक्ट हो अथवा यहाँ केही नियम र काइदा कानून फरक हुन सक्छन् । यो नियमावली चौतारीमा वार्तालाप गरेर सर्व सम्मतिले परिवर्तन पनि गर्न सकिने छ । तपाईँको विकिपीडिया योगदानहरूलाई यो र यो जस्तै अन्य नियमावलीहरूको तहत गर्ने कोशिश गर्नुहोला ।

प्रबन्धक खिलाइ आवश्यक चरणअन सम्पादन

विकिपीडियामी प्रबन्धक पद पौनाइ खिलाइ प्रयोगकर्ताअनलाई निम्न चरणअनो आवश्यक पणन्छ:-

  • विकिपीडियाका बारेमी निको जानकारी राख्दाः सङ्ङै पन्‍नाअनलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादि काम अद्दाइ दक्ष हुनु पड्‍ड्या छ।
  • विकिपीडियामी खाता खोलिबर कम्तिमी लै १०००+ सम्पादन अर्याऽ हुनु पड्‍ड्या छ ।
  • डोटेली भाषाका सङ्ङै और भाषाअनको जानकार भयाऽ व्यहोरा धेकौन्या ढाँचाअन आफुना प्रयोगकर्ता पन्‍नामी राख्याको हुनु पड्‍ड्या छ।
  • विकिपीडियामी खाता बनायोऽ कम्तिमी लै ६ मैना पुग्याऽ हुनु पड्‍ड्या छ।
  • उपरोक्त योग्यताअन पुग्याका कोइ लै सक्रिय प्रयोगकर्ताले यहाँ जाइबर आफुनी उम्मेदवारी फारम भरिबर आवेदन गद्द सक्द्या छ।
  • उपरोक्त आवेदन अद्‍द्या आवेदकलाई प्रबन्धक बनौन्या रे नबनौन्या बिषयमी और प्रयोगकर्ताअनले छलफल गद्देछन्। येइ छलफल विकिपिडिया भाइर लै होइसकन्छ सङ्ङै आवेदकको समर्थन अथवा बिरोध अद्द्या छन्।
  • आवेदकले और प्रयोगकर्ताअनलाई आफुलाई समर्थन गद्द भनिबर भण्ण पौन्या छ।
  • उपरोक्त कार्यअन पुरा भएमी रे आवेदकका पक्षमी जेदा जनाले समर्थन गर्याबर प्रशासकले आवेदकलाई प्रबन्धक बनौन्‍ना।

यो लै हेर सम्पादन