राम मन्दिर, अयोध्या


राम जन्मभूमि मन्दिर भारतको उत्तर प्रदेश राज्यको अयोध्यामी राम जन्मभूमिको पवित्र तीर्थस्थलमी पुनः नयाँ रूपमी बनाउन लागिएको एउटा हिन्दु मन्दिर हो।[१][२][३] राम जन्मभूमि राजा रामको जन्मस्थान हो, जसलाई भगवान विष्णुको सातौँ अवतारको रूपमी हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिन्छ। भव्य मन्दिरको निर्माण श्री राम जन्मभूमि तीर्थ क्षेत्रद्वारा गरिनेछ। मन्दिरलाई गुजरात राज्यको सोमपुरा परिवारद्वारा डिजाइन गरिएको छ। [४] [५]

राम मन्दिर
राम जन्मभूमि मन्दिर
राम जन्मभूमि मन्दिर
Geography
Countryभारत
Stateउत्तर प्रदेश
Locationरामजन्मभूमि, अयोध्या
Culture
Sanctumभगवान राम

इतिहास सम्पादन

 
श्री राम मन्दिरमी स्थापित भगवान श्री रामको बाल रूप (रामलला) को विग्रह

भगवान विष्णुको एक अवतार मानिने रामलाई व्यापक रूपमी हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने रैर्यान। प्राचीन भारतीय महाकाव्य, रामायण अनुसार रामको जन्म अयोध्यामी भएको थियो। त्यसै कारण यो क्षेत्रलाई राम जन्मभूमि वा रामको जन्मभूमि भन्ने गरिन्छ।[६] १५औँ शताब्दीमी, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए। हिन्दु धर्मावलम्बीको अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दु मन्दिरलाई खण्डित गरेर गरिएको थियो। सन् १८५० को दशकमी यो विवादले हिंसात्मक रूप लिएको थियो।[७]



विश्व हिन्दू परिषद (विहिप)ले इलाहाबाद उच्च अदालतको लखनऊ इजलासद्वारा विवादित क्षेत्रमी निर्माणकार्य रोक्ने परमादेश दिनुभन्दा पहिलेनै सो क्षेत्रमी मन्दिरको आधारशिला राख्ने घोषणा गरेको थियो। विहिपले सो समयमी 'श्री राम' लेखिएको इँटा रे धनराशि बटुल्ने काम गरेको थियो। पछि, राजीव गान्धी मन्त्रिमण्डलले विहिपलाई 'शिलान्यास' गर्ने अनुमति दिएको थियो, तत्कालीन केन्द्रीय गृहमन्त्री बुटा सिंहले तत्कालीन विहिप नेता अशोक सिङ्घललाई शिलान्यास गर्ने अनुमति दिएको थियो। प्रारम्भमी केन्द्र रे राज्य सरकारले विवादित स्थल बाहिर शिलान्यास आयोजन गर्न सहमत भएको थियो। यद्यपि, सन् १९८९ नोभेम्बर ९ को दिन विहिप नेताहरू रे साधुहरूको एउटा समूहले विवादित भूमिमी ७ क्युबिक फिट खाल्डो खनेर आधारशिला रे मन्दिरको मुख्यद्वारा 'सिंहद्वार'को स्थापना गरेका थिए।[८] कामेश्वर चौपाल (बिहारको दलित नेता) ढुङ्गा बिछाउने पहिलो व्यक्ति बनेको थियो।[९]


विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमी उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंस गरिएको थियो। विभिन्न मुद्दा मामिला रे कानूनी विवाद रे समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो। सन् २०१९ मी अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमी सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो। गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो।[१०] सन् २०२० फेब्रुअरी ५ मी मोदी मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो।[११]

पुस्तकहरू

  • रामको लागि युद्ध (अयोध्याको मन्दिरको मामला) मीनाक्षी जैन द्वारा।
  • सनराइज ओभर अयोध्या: नेशनहुड इन आवर टाइम्स, सलमान खुर्शीद।