मेघालय भारतको उत्तर पूर्वमा एउटा राज्यको नाउ हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसंख्या २,१७५,००० छ २०००। यईको उत्तरमा आसाम, जुन ब्रह्मपुत्र नदीसित विभाजित हुन्छ, रे दक्षिणमा बंगलादेश छ। यईको राजधानी सुन्दर शहर शिलोंग हो जईको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला आसाम राज्यको अभिन्न अंग थियो जईलाई २१ जनवरी १९७२ मा विभाजित गरि नयाँ प्रान्त बनाईयो।

जलवायु सम्पादन

मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ। वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा "गीलो" राज्य भनिन्छ। चेरापूंजी, जुन राजधानी शिलांगदेखि दक्षिणमा छ, ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजीकको गाँउ मावसिनरामको नाम सर्वाधिक सालाना बर्षाको रेकर्ड दर्ज छ। राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ। राज्यको गारो, खासी र जयंतिया पहाडहरू त्यति अग्ला छैनन्। शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो। कतिपय गुफाहरूमा चूना जलको विभिन्न आकृतिहरू छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरू विख्यात छन्।

जनसंख्या सम्पादन

जनजातीय आबादी कुल जनसंख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जईको जनसंख्या एक तिहाई छ। यईका अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बंगाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - नागाल्याण्ड र मिजोरम पनि पूर्वोत्तर भारतमा नै छ। खासीहरू क्याथोलिक हुन जबकि गारोहरू बाप्टिस्ट।

राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी संगठन उल्फा र बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा, गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र बंगलादेशको सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।

जिल्लाहरू सम्पादन

  • पूर्वी गारो हिल्स
  • पूर्वी खासी हिल्स
  • जयंतिया हिल्स
  • री भोई
  • दक्षिण गारो हिल्स
  • पश्चिम गारो हिल्स
  • पश्चिम खासी हिल्स

सन्दर्भ सम्पादन