"पटना" को बिचमी भिन्नता

imported>Khem Kshetri
कुनै सम्पादन सारांश छैन
imported>Khem Kshetri
पंक्ति २२:
 
पुरातात्विक अनुसंधानहरूको अनुसार पटनाको इतिहास ४९० ईसा पूर्वबाट हुन्छ जब हर्यक वंशको शासक अजातशत्रुले आफ्नो राजधानी राजगृह या राजगीर बाट बदलेर यहाँ स्थापित गरे। यो स्थान वैशालीको लिच्छविहरूसँग संघर्षमा उपयुक्त भएको कारण राजगृहको अपेक्षा सामरिक दृष्टिले धेरै महत्वपूर्ण थियो। उनले गङ्गाको किनारमा यो स्थान चुने र आफ्नो किल्ला स्थापित गरे। त्यही समयबाट यस नगरको इतिहास निरन्तर बदलिदै गएको छ। २५०० वर्ष भन्द धेरै पुरानो शहर भएको गौरव विश्वको धेरै कम नगरहरूलाई हासिल छ। बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध आफ्नो अन्तिम दिनहरूमा यहाँबाट गएका थिए। उनको यो भविष्यवाणी थियो कि नगरको भविष्य उज्जवल हुनेछ, बाढि या अग्नीको कारण नगरलाई खतरा भई रहने छ। मौर्य साम्राज्यको उत्कर्ष पछि पाटलिपुत्र सत्ताको केन्द्र बन्यो। चन्द्रगुप्त मौर्यको साम्राज्य बंगालको खाडी देखि अफगानिस्तान सम्म फैलिएको थियो। मौर्य कालको आरंभमा पाटलिपुत्रका अधिकांश राजमहल काठहरूबाट बनेका थिए, तर सम्राट अशोकले नगरलाई ढुंगाको संरचनामा परिवर्तन गरे। चीनको फाहियान ले, जो सन् ३९९-४१४ सम्म भारत यात्रामा थिए, आफ्नो यात्रा-वृतांतमा यहाँको शैल संरचनाहरूलाई जीवन्त वर्णन गरेको छन। मेगास्थनीज, जो ग्रीक इतिहासकार र चन्द्रगुप्त मौर्यको दरबारमा एक राजदूतको नाताले आएका थिए,ले पाटलिपुत्र नगरको प्रथम लिखित विवरण दिए। त्यस पछि, ज्ञानको खोजमा धेरै चीनीया यात्री यहाँ आए र उनीहरूले पनि यहांको बारेमा आफ्नो यात्रा-वृतांतहरूमा लेखएको छ।
यस पश्चात नगरमा गुप्त वंश सहित धेरै राजवंशहरूको राज रहयो। यि राजाहरूले यहींबाट भारतीय उपमहाद्वीपमा शासन गरे। गुप्त वंशको शासनकाललाई प्राचीन भारतको स्वर्ण युग भनिन्छ। तर यसपछि नगरलाई त्यो गौरव मिलेन जुन एक समय मौर्य वंश या गुप्त वंशको समय प्राप्त थियो।
 
गुप्त साम्राज्यको पतन पछि पटनाको भविष्य एकदम अनिश्चित रहयो। १२ औं सताब्दीमा बख्तियार खिलजीले बिहारमा आफ्नो अधिपत्य जमाए र धेरै आध्यात्मिक प्रतिष्ठानहरूलाई ध्वस्त गरे। पटना देशको सांस्कृतिक र राजनैतिक रहेन।
 
मुगलकालमा दिल्लीका सत्ताधारिहरूले आफ्नो नियन्त्रण यहाँ बनाए राखे। यस कालमा सबै भन्दा उत्कृष्ठ समय तब आयो जब शेरशाह सूरीले नगरलाई पुनर्जीवित गर्ने कोशिश गरे। उनले गङ्गाको तीरमा एक किला बनाउनलाई सोचे। उनले बनाएको किल्ला त अझै छैन, तर अफगान शैलीमा बनाएको एक मस्जिद अझै पनि छ।
 
मुगल बादशाह अकबरको सेना १५७४ ईसवीमा अफगान सरगना दाउद खानको दबाउन पटना आए। अकबरलाई राज्य सचिव एवं आइने-अकबरीको लेखक अबुल फजलले यस ठाउँको कागज, पत्थर तथा शीशाको सम्पन्न औद्धोगिक केन्द्रको रूपमा वर्णित गरेको छन। पटना राइसको नामले यूरोपमा प्रसिद्ध, पटनामा उमारिएको विभिन्न किसिमको उच्चस्तरको चामल उल्लेख गरेका छन्। मुगल बादशाह औरंगजेवले आफ्नो प्रिय नाती मुहम्मद अजीमको अनुरोधमा १७०४ मा, सहरको नाम अजीमाबाद गरे, तर यस कालखंडमा नामको अतिरिक्त पटनामा केही विशेष बदलाव आएन।अजीम त्यस समय पटनाको सूबेदार थियो। मुगल साम्राज्यको पतनसँग नै पटना बंगालको नबाबहरूको शासनको अधीनमा गयो जसले यस क्षेत्रमा ठूलो मात्रामा कर लगाए तर यसलाई वाणिज्यिक केन्द्र बनिरहन छूट दीए। १७ औं शताब्दीमा पटना अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्यो। अंग्रेजहरूले १६२०मा रेशम तथा छिटको व्यापारको लागि यहाँ फैक्ट्री खोले। चाँडै नै यो सल्ट पीटर (पोटेशियम नाइट्रेट)को व्यापारको केन्द्र बन्यो जसको कारण फ्रेंच र डचहरूसँग तेज प्रतिस्पर्धा भयो। बक्सरको निर्णायक युद्ध पछि नगर इस्ट इंडिया कम्पनीको अधीन गयो र वाणिज्यको केन्द्र बनिरह्यो।
 
ईसवी सन १९१२मा बंगाल विभाजन पछि, पटना उडीसा तथा बिहारको राजधानी बनयो। आए एफ मुन्निंगले पटनाको प्रशासनिक भवनहरूको निर्माण गरे। संग्रहालय, उच्च अदालत, विधानसभा भवन इत्यादि बनाउने श्रेय उनलाई नै जान्छ। केही मान्छेहरूको बिचार यो छ कि पटनाको नयाँ भवनहरूको निर्माणमा हासिल भएको अनुभब दिल्लीको शासनिक क्षेत्रको निर्माणमा धेरै काम आयो। सन १९३५मा उडीसा बिहारबाट अलग गरेर एक राज्य बनाई दिइयो। पटना राज्यको राजधानी बनिरह्यो।
 
भारतीय स्वतन्त्रता संग्राममा नगरले आफ्नो महत्वपूर्ण भूमिका निभायो। नीलको खेतीको लागि १९१७मा चम्पारण आन्दोलन तथा १९४२को भारत छोड आन्दोलनको समय पटनाको भूमिका उल्लेखनीय रहर्‍यो। स्वतन्त्रता पछि पटना बिहारको राजधानी बनिरह्यो। सन २०००मा झारखंड राज्यको अलग भए पछि पनि पटना बिहारको राजधानी पूर्ववत बनिरह्यो।
 
==भूगोल ==
 
 
पटनाबाट देखिएको गंगा नदीको दृश्य
पटना गङ्गाको दक्षिणी तटमा अवस्थित छ। गंगा नदीनगरसँग एउटा लामो तट रेखा बनाउद छ। पटनाको विस्तार उत्तर-दक्षिणको अपेक्षा पूर्व-पश्चिममा धेरै अधिक छ। नगर तीन तर्फबाट गंगा, सोन नदी र पुनपुन नदी नदिहरूबाट घेरिएको छ। नगरको ठीक उत्तर हाजीपुरको नजीकै गंडक नदी पनि गङ्गामा आएर मिल्दछ। हालको दिनमा पटना शहरको विस्तार पश्चिम तिर धेरै भएको छ र यो दानापुरसँग गएर मिलेको छ।
 
महात्मा गांधी सेतु जुन कि पटनाबाट हाजीपुरलाई जोडनको लागि गंगा नदीमा उत्तर-दक्षिणको दिशामा बनाएको एक पुल हो, दुनियाको सबै भन्दा लामो सडक पुल हो। दुई लेनवाला यस लामो सिमेन्टी पुलको लम्बाई ५५७५ मीटर छ।
 
समुद्रतलबाट ऊँचाई: ५३ मीटर
तापमान: गर्मी ४३ °C - २१ °C, सर्दी २० °C - ६ °C
औसत वर्षा : १,२०० मिलीमीटर
==जलवायु ==
 
बिहारको अन्य भागहरूको सरह पटनामा पनि गर्मीको तापक्रम उच्च रहन्छ। गृष्म ऋतुमा सीधा सूर्यातप तथा उष्ण तरंगहरूको कारण असह्य स्थिति हुन्छ। गर्म हावाले बन्ने लूको असर शहरमा पनि महशुस हुदछ। देशको शेष मैदानी भागहरू (यथा - दिल्ली)को अपेक्षा हलाँकि यो कम हो। चार ठूलो नदिहरूको नजीक भएको कारण नगरमा आर्द्रता साल भर धेरै रहन्छ।
 
गृष्म ऋतु अप्रिलबाट शुरु भएर जून- जुलाईको महिनामा चरममा हुन्छ। तापक्रम ४६ डिग्री सम्म पुगछ। जुलाईको मध्यमा मनसूनको झरीबाट राहत पुग्दछ र वर्षा ऋतुको श्रीगणेश हुन्छ। शीत ऋतुको शुरु छठ पर्व पछि अर्थात नोभेम्बरबाट हुन्छ। फेब्रुअरीमा वसंतको आगमन हुन्छ तथा होली पछि मार्चमा यसको अवसानसँग नै ऋतु-चक्र पूरा हुन्छ।
 
==सन्दर्भ ==
"https://dty.wikipedia.org/wiki/पटना" बठे निकालियाऽ