पारिजात (साहित्यकार)
पारिजात (वि.सं. १९९४ - वि.सं. २०५०) प्रसिद्ध नेपाली साहित्यकार हुन्।
पारिजात | |
---|---|
भारतको पश्चिम बङ्गालमा रहेको पारिजातको सालिक | |
जनम | वि.सं १९९४ दार्जिलिङ, नेपाल(हाल भारतमा) |
मृत्यु | वि.सं २०५० काठमाडौं, नेपाल |
पेशा | साहित्यकार |
राष्ट्रियता | नेपाली |
कृतिहरू
सम्पादनपारिजातका प्रकाशित कृतिहरू -
- आकांक्षा(कविता संग्रह, २०१४),
- शिरीषको फूल (उपन्यास, २०२२),
- महत्ताहीन (उपन्यास,२०२५),
- आदिम देश (कथासंग्रह, २०२५),
- बैँसको मान्छे (उपन्यास, २०२९),
- तोरीबारी, बाटा र सपनाहरू (उपन्यास, २०३२),
- सडक र प्रतिभा (कथासंग्रह,२०३२),
- अन्तर्मुखी (उपन्यास, २०३५),
- उसले रोजेको बाटो (उपन्यास,२०३५-'बेदना' पत्रिकामा प्रकाशित),
- पर्खालभित्र र पर्खाबाहिर (उपन्यास,२०३२मा लेखिएको र २०३५मा प्रकाशित),
- अनिंदो पहाडसँगै (उपन्यास, २०३९),
- साल्गीको बलात्कृत आँसु (कथा संग्रह, २०४३),
- धूपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण, २०४३),
- पारिजातका कविताहरू (२०४४, ईश्वर बरालद्वारा सम्पादित),
- एउटा चित्रमय सुरुवात (संस्मरण, २०४५),
- परिभाषित आँखाहरू (उपन्यास, २०४६),
- बोनी (उपन्यास, २०४८),
- आधी आकाश (महिला मुक्तिसम्बन्धी लेखहरू, २०४८),
- बधशाला आउँदा जाँदा (कथासंग्रह, २०४९),
- वैशाख वर्तमान (कविता संग्रह, २०५०/मुत्युपछि प्रकाशित),
- अध्ययन र संघर्ष (संस्मरण,२०५१/मृत्युपश्चात प्रकाशित)
- सुमित (संस्मरण,२०६५/मृत्युपश्चात प्रकाशित)