चैतलो
चैतलो वा चैतालो ले चैत महिनामी माइतबठे दिइन्या विशेष कोसेलीलाई सङ्केत गरन्छ। सुदूरपश्चिम प्रदेशक पहाडी जिल्लाअन दार्चुता, बैतडीमाइ बसोबास गर्ने रे ताबठे ओर ठौर बसाइसराई गरी गएका समुदाय तथा भारतको कुमाउँ गडवालमि समेत चैत्र महिनाभर चैतलो भेटौलो पर्व मनाउन्या गरिएको छ। विशेषतः भाइबहिनीको प्रेम तथा सद्भावको पर्वका रुपमा रहेको चैतलो भेटौलो पर्वमा विवाह भइसकेकी चेलीबेटी रे दिदीबहिनीलाई माइती पक्षको तर्फबठे बुवाआमा रे दाजुभाइले कुनैनकुनै कोशेली लैजाइ भेट्टु जाने परम्परा रयस छ। घरमा बुवाआमा तथा दाजुभाइ नभएमी माइती पक्षका नजिकका नातेदारहरुले समेत भेट्ने परम्परा रहेको छ। चैतालो संस्कृतिले भाइ बैनीका प्रेमलाई उजागर गरन्छ। यस प्राचीन परम्पराले भाइ बैनाको अटुट प्यारलाई आजसम्म जीवन्त राख्दै आया छ।[१]
परम्परा
सम्पादनभिटौलाको शाब्दिक अर्थ भेट्नुसँग छ। ये पर्वका माध्यमले भाइ–बैनाको मिलन हन्छ। विवाहित दिदी तथा बैनीलाई भाइ वा दाईले घरमाइ जाइवर भेटघाट गद्दा परम्परा छ। सञ्चार साधनविहीन समयमी विवाहपश्चात् टाढा रयाः दिदी रे बैनीलाई भाइले वर्ष दिनमी भेट्टु पड्डे परम्पराले सुख दुःख आदान प्रदान गरन्छ।
माइतबठे आएको चैतालो (व्यञ्जन) लाई प्रेमपूर्वक गाउँघरमी बाँडिन्छ। विवाहित महिला चैत महिनामी भिटौलामा दाई, भाइ कहिले आउँछ भनेर प्रतीक्षारत हुन्छन्। भाइ भेट्न आएमा अत्यधिक खुसी हुन्छन् । माइती (भाइ) को प्रतीक्षामा हुन्छन् । पररम्परागत चैतालोमा दिइने व्यञ्जनहरूमी घिउपाको वा तेलपाको सेल, रोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल रे माइतीको सामथ्र्यअनुसार वस्त्र एवं आभूषण लै दिइन्थ्यो। आजभोलि सहर बजारमी बजारीया फलफूल, मिठाई, वस्त्र आदिले स्थान लिया छ। चैतालोमा दिइने परिकारअन समय रे परिस्थिति अनसार फेरिंँदै गया छन्। ग्रामीण भेकमी भण्या परम्परालाई धानेकै धेखिन्छ।[२]
पौराणिक लोककथा
सम्पादनभिटौलासम्बन्धी प्रचलित एक लोककथा अनसार एक भाइ दिदीलाई भिटौला दिन चैत मसान्तको दिन गया रैछ। बैनीको घर भौत टाढा रे बेलका घर नआई नहुन्या कारणले प्रभातका झिसमिसेमै हिँडछ। भोत दिनबठे बैनी भाइको बाटो हेरिबरि बसेकी थिइन्। चैत मसान्तका दिन अवश्य नै भाइ आउन्या आशले दृढ बैनी रात अबेरसम्म पखदा पखदाइ सिईन्। घरमी एक्लै दिनभर कामले थकित बैनी सिएकि धेकिबर बैनीलाई क्या ब्युझाउँन्या भणिवर भिटौलो छाडिवर हिटिछ। भोलका दिन छन्चरबार भया हुनाले लै त्यसै दिन घर पुग्द्या बाध्याता थ्यो। प्रचलनअनसार शनिबारका दिन विछोडिनु नहुन्या भण्णा मान्यता छ। (शनिश्चरकी छाड, मङ्गलकी भेट मान्यता अहिले लै छ। ) बैनी निनबठे बुझिँपछा आफनाइ छेउमी भाइले ल्याएको भिटौलो पाइन्। म सिया, भाइ छुट्यो भणिवर आफूलाई अभागी ठानी बैनीले प्राण त्यागिवर घुघुती (पक्षी) का रूपमी जन्म्या कहानी प्रचलित छ। त्यसै सकारण चैत महिनामी ढुकुर बासन्ज्या विवाहित महिलाअन माइतीका सम्झनामी विभिन्न किसिमका विरहपूर्ण लोकगीत ‘घुर घुर नबास घुघुती चैतमा, मुइ याद आउँछ आफ्नो माइतमा...’ गाउन्या गद्दान।
यससम्बन्धी अरू पनि लोककथा छन् । जे भए पनि भाइ बैनीको नाताको कुरा गर्दा मनमा अपनत्व, आत्मीयता र खुसी एवं प्यार आउँछ । यो नाता प्रेम र स्नेहले भरिएको हुन्छ । सुनौला बालापनमा बिताएका तितामीठा कहानीले गुथिएको हुन्छ । आधुनिक समयको आँधीलाई परवाह नगरी चैतालो पर्वले भाइबैनीको स्नेहपूर्ण प्यारलाई महसुस गराउँछ । एकअर्काको दुःखपीडा र खुसीमा सहभागी भएर सहारा दिने प्रेरणा जगाउँछ । चैतालो दिदी बैनीको प्रतीक्षाको पर्व हो । बधाई र सुखी जीवनको कामना गर्ने पर्व हो । खुसीयाली पर्व हो । सहारा दिने पर्व हो । जीवनभर नाता कुटुम्ब कायम राखिरहने प्यार वा समझदारीको पर्व हो ।
चैतलो भेटौलो: चेलीबेटी र दिदीबहिनीअन माइती पक्ष भेट्न आउन्या प्रतिक्षाम
- लागीग्यो चैतको मैना न्याउली बासली।
- सबैका भेटन आउन्ना म सोराई लागली।।
- क्याइ बासन्छै न्याउली चणि चैतका छकला।
- सम्झनाले मुटु फुटि मन हुन्छ पागल।।
वातावरण नै सुरम्य रे मनमोहक हुन्या ऋतुमाई मनाइने भिटौला पर्वको महत्वलाई ऋतु रैण गाईबरे हुड्काको आवाजसँगै वस्ती वस्तीमाई सञ्चार सम्प्रेषणमा परम्परागत रुपमाई दमाई जातिले गद्दान्। भडाहामाई गाइने ऋतु रैणको छोटो उद्धरण निम्न प्रकार छ;
- पुछडि लुलुन्छ, हियाले झुरन्छ, कलेजो कटुन्छ.......
- बिनु बैनालाको, भाइ निरह हुन्छ।
- बिनु भाइको, बैनी निरह हुन्छ।
- बिनु राजाको, प्रजा निरह हुन्छ।
- बिनु प्रजाको, राजा निरह हुन्छ।
- बिनु देवताको, पूजारी निरह हुन्छ।
- बिनु पूजारीको, देवता निरह हुन्छ।[३]
सन्दर्भअन
सम्पादन