सुर्खेत उपत्यका पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्छ। पहाडी क्षेत्रका काठमाण्डौ रे पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । वीरन्द्रनगर शहरी क्षेत्र सहीत थुप्रै गांउ विकास समिती रयाको सुर्खेत उपत्यकाबाट झुप्रा निकास खोला आदी खोला प्रवाहीत छन् । यी खोलाहरू उपत्यका बाहिर निस्केर भेरी नदीमा मिल्दछन । सुर्खेत मा वुलवुले ताल, कार्के दह लगायत साना ठूला ताल पोखरी समेत रह्या छन ।

सुर्खेत उपत्यका बर्तमान नेपाल एकीकरण हुनु अगाडी लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्य द्वारा शासीत थ्यो । ऐतिहासीक लाटीकोइली देउती बज्यै तथा काक्रे विहारले सुर्खेतको ऐतीहासीकता झल्कायाछन । झन्डै ४०,००० हजार जनसंख्या रह्याको वीरेन्द्रनगर मुख्य सहरी क्षेत्र रहेको यस उपत्यका का अन्य गांउमा समेत गरी झन्डै दुई लाख जनसंख्या रह्या छ । यो उपत्यकालाई बाकी नेपाल संग रत्न राजमार्गले तथा सिंजा उपत्यका संग कर्णाली राजमार्गले र दाङ उपत्यकाको त्रिभुवननगर संग एक कच्ची सडक मार्गले जोड्या छन । उपत्यकाको वीरेन्द्रनगर सहरी क्षेत्र तथा अन्य गांउहरूमा स्थानीय सडक संजालले जोडीयातायात का छन ।

सुर्खेत उपत्यकाको वीरेन्द्रनगर समस्त मध्यपश्चिम नेपालकै प्रमुख वाणीज्य केन्द्र हुनुका साथै शिक्षा तथा श्वास्थको केन्द्र समेत हुनलाछ । यहा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस, सामुदायीक श्वास्थ क्याम्पस, तथा प्रस्तावीत मध्यपश्चिमाञ्चल विश्वविद्यालय अवस्थीत छन भने , मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेत जिल्ला अस्पताल तथा नेत्र उपचार केन्द्र समेत सञ्चालित छन, वीरेन्द्रनगर मध्यपश्चिमान्चल विकासक्षेत्रको क्षेत्रीय सदरमुकाम पनि भयाकाले यहा सबै क्षेत्रीय स्तरीय कार्यालय तथा सुर्खेत जिल्ला स्तरीय कार्यालय रह्याका छन । सुर्खेतमा भर्खर पिच गरीयाको विमास्थल समेत रह्या छ ।

सन्दर्भ सम्पादन