"पटना" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति १०८:
*जल यातायात पटना शहर १६८० किलोमीटर लामो इलाहाबाद-हल्दिए राष्ट्रिय जलमार्ग संख्या-१मा अवस्थित छ। गंगा नदीको प्रयोग नागरिक यातायातको लागि हालसम्म गरिन्थ्यो तर यसको माथी पुल बनेको कारण यसको महत्व अब भारवहनको लागि सीमित भएर रहेको छ। देशको एकमात्र राष्ट्रिय अन्तर्देशीय नौकायन संस्थान पटनाको गायघाटमा स्थित छ।
 
*स्थानीय यातायात - पटना सहरको सार्वजनिक यातायात मुख्यतः नगर बस, औटोरिक्शा र साइकिल रिक्शामा आश्रित छ। लगभग ३० किलोमीटर लामो र ५ किलोमीटर चौडा राज्यको राजधानीलाई यातायातको आवश्यकहरू मुख्यरूपबाट औटोरिक्शा (जसलाई टेम्पो पनि भनिन्छ) नै पूरा गर्छं।गर्छं।स्थानीय भ्रमण हेतु टैक्सी सेवा उपलब्ध छ, जुन निजी मालिकहरूद्धारा सञ्चालित मंहगो साधन हो। नगर बस सेवा केही इलाकोको लागि उपलब्ध छ तर त्यसको सेवा र समयसारणी भरोसा गर्न लायक छैन। नगरको मुख्य मार्ग अशोक राजपथ टेम्पो, साइकिल-रिक्शा तथा निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे वाहनहरूको कारण संधै जामको शिकार भै रहन्छ।
 
==आर्थिक स्थिति ==
 
प्राचीन कालमा व्यापारको केन्द्र रहेको यस शहरमा अब निर्यात गर्न लायक कम उत्पादन नै बन्छन, जबकी बिहारको अन्य हिस्साहरूमा पटनाको पूर्वी पुरानो भाग (पटना सिटी) निर्मित मालको मांग भएको कारण केही उद्योग धंधा विकास भै रहेका छन।
 
==दर्शनीय स्थल ==
 
*अगम कुआ – मौर्य वंशको शासक सम्राट अशोकको कालको एउटा कुआ गुलजारबाग स्टेशनको नजीकै अवस्थित छ। नजीकै नै स्थित एउटा मन्दिर स्थानीय मानिसहरूको विवाहको लागि मह्त्वपूर्ण स्थल हो।
कुम्रहेर - चंद्रगुप्त मौर्य, बिन्दुसार तथा अशोक कालीन पाटलिपुत्रको भग्नावशेष हेर्नको लागि यो सबै भन्दा राम्रो ठाउँ हो। कुम्रहेर परिसर भारतीय पुरातत्त्व सर्वेक्षण विभागद्धारा संरक्षित तथा सञ्चालित छ र सोमवार छोडेर हप्ताको हरेक दिन १० बजे देखि ५ बजे सम्म खुला रहन्छ।
बेगू हज्जामको मस्जिद सन् १४८९मा बंगालको शासक अलाउद्दीन शाह द्धारा निर्मित
'पत्थरको मस्जिद - जहाँगीरको छोरा परवेजद्धारा १६६१मा निर्मित यो सानो मस्जिद अशोक राजपथमा सुलतानगंजमा स्थित छ।
शेरशाहको मस्जिद अफगान शैलीमा बनेको यो मस्जिद बिहारको महान शासक शेरशाह सूरीद्धारा १५४०-१५४५को बीच बनाईएको थियो। पटनामा बनेको यो सबै भन्दा ठूलो मस्जिद हो।
पादरीको महल - सन १७७२मा निर्मित बिहारको प्राचीनतम चर्च बंगालको नवाब मीर कासिम तथा ब्रिटिस ईस्ट इंडिया कम्पनीको बीचको मनमुटाबको साक्षी हो।।
खुदाबख्श ल्याएब्रेरी अशोक राजपथमा स्थित यो राष्ट्रिय पुस्तकालय १८९१मा स्थापित भएको थियो। यहाँ केही अतिदुर्लभ मुगल कालीन पांडुलिपिहरू छन्।
किला हाउस (जालान हाउस) दीवान बहादुर राधाकृष्ण जालानद्धारा शेरशाहको किल्लाको अवशेषमा निर्मित यस भवनमा हीरा जवाहरात तथा चिनिया वस्तुहरूको एक निजी संग्रहेलय छ।
 
*हरमन्दिर साहेब, पटना सिटी
तख्त श्रीहरमन्दिर पटना सिखहरूको दसौं र अन्तिम गुरू गोविन्द सिंहको जन्मस्थल हो। नवम गुरू श्री तेगबहादुर पटनामा रहेको बेला गुरू गोविन्दसिंहले आफ्नो बाल्यकालको केही वर्ष पटना सिटीमा बिताए थिए। बालक गोविन्दरायको बाल्यकालको पंगुरा (पालना), फलामको चार तीर, तरवार, पादुका तथा 'हुकुमनामा' यहाँ गुरूद्धारमा सुरक्षित छ। यो स्थल सिक्खहरूको लागि अति पवित्र छ।
*महावीर मन्दिर संकटमोचन रामभक्त हनुमान मन्दिर पटना जंक्शनको ठीक बाहिर बनेको छ। न्यू मार्किटमा बनेको मस्जिदसँग खडा यो मन्दिर हिंदू-मुस्लिम एकताको प्रतीक हो।
गांधी मैदान वर्तमान सहरको मध्यभागमा स्थित यो विशाल मैदान पटनाको दिल हो। जनसभा, सम्मेलन तथा राजनैतिक र्‍यालिहरूको अतिरिक्त यो मैदान पुस्तक मेला तथा दैनिक व्यायामको पनि केन्द्र हो। यसको चारैतिर अति महत्वपूर्ण सरकारी भबनहरू र प्रशासनिक तथा मनोरंजन केन्द्र बनेका छन्।
गोलघर १७७० ईस्वीमा यस क्षेत्रमा आएको भयंकर अकाल पछि खाद्यन्न भंडारणको लागि बनायाइयो यो गोलाकार भबन आफ्नो खास आकृतिको लागि प्रसिद्ध छ। १७८६ ईस्वीमा जन गार्स्टिनद्धारा निर्माण पछि देखि गोलघर पटना सहरको प्रतीक चिह्न बन्यो। दुई तर्फ बनेको सीढिहरू देखि माथि गएर नजीकै नै बहने गंगा र यसको परिवेशको शानदार अवलोकन संभव छ।
गाँधी संग्रहालय गोलघरको अगाडी बनेको बाँकीपुर बालिका उच्च विद्धालयको छेउमा महात्मा गाँधीको स्मृतिसँग जोडीएको चीजहरूको नायाब संग्रह देख्न सकिन्छ। हालमा त्यहि परिसरमा स्थापित चाणक्य विधि विश्वविद्धालयको अध्ययन केन्द्र पनि अवलोकन योग्य छ।
श्रीकृष्ण विज्ञान केंद्र गाँधी मैदानको पश्चिम भागमा बनेको विज्ञान परिसर स्कूली शिक्षामा लगेका बालकहरूको लागि ज्ञानवर्धक केन्द्र हो।
पटना संग्रहेलय जादूघरको नामले पनि जानेनिने यस म्यूजियममा प्राचीन पटनाको हिन्दू तथा बौद्ध धर्मको धेरै निशानि छन्। लगभग ३० करोड वर्ष पुराना रुखको मुल भागको फसिल यहाँको विशेष धरोहर हो।
ताराघर संग्रहालयको नजीकै बनाइएको इन्दिरा गाँधी विज्ञान परिसरमा बनेको ताराघर देशमा वृहत्तम छ।
*सदाकत आश्रम - देशरत्न राजेन्द्र प्रसादको कर्मभूमि।
*संजय गांधी जैविक उद्धान - राज्यपालको सरकारी निवास राजभवनको पछाडी अवस्थित जैविक उद्धान सहरको फोक्सो हो। विज्ञान प्रेमियहरूलाई लागि यो जन्तु तथा वानस्पतिक अनुसन्धानको केन्द्र हो। व्यायाम गर्नेहरू तथा पिकनिकको लागि यो मन लाग्दो स्थल हो।
*दरभंगा हाउस यसलाई नवलखा भवन पनि भन्छन्ं। यसको निर्माण दरभंगाको महाराज कामेश्वर सिंहले गराएका थिए।
 
==सन्दर्भ ==
"https://dty.wikipedia.org/wiki/पटना" बठे निकालियाऽ