"पटना" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ७९:
 
६० वर्ष पहिले पटनाको दशहरा र संगीतको जुन सम्बन्ध सूत्र कायम भएको थियो त्यो ८०को दशकमा आएर टूटेर छिन्न भिन्न भयो। त्यसै परम्परालाई फेरि कायम गर्न एक तथाकथित सरकारी कोशिश वर्ष २००६को दशहराको मौकेमा भए तर नाकाम रहर्‍यो।
 
==खान-पान ==
 
यहाको जनताको मुख्य भोजन भात-दाल-रोटी-तरकारी-अचार हो। तोरीको तेल पारम्परिक रूपले खान तैयार गर्नमा प्रयुक्त हुन्छ। खिचडी ,जोकि चावल तथा दालको साथ केही मसालहरूलाई मिलाएर पकाईन्छ, पनि भोज्य व्यंजनहरूमा एकदम लोकप्रिय छ। खिचडी, प्रायः शनिवार, दही, पापड, घिउ, अचार तथा चोखा संग-साथ पस्किइन्छ।
 
पटनालाई केन्द्रीय बिहारको मिष्ठान्नहरू तथा मीठो पकवानहरूलाई लागि पनि जानिन्छ। यिनीहरूमा खाजा, मावाको लड्डू,मोतीचूरको लड्डू, काला जामुन, केसरिया पेडा, परवलको मिठाई, खुबीको लाई र चना मर्कीको नाम लिन सकिन्छ। यिनी पकवानहरूको मूल यिनको सम्बन्धित शहर हुन् जुन कि पटनाको निकट छन्, जस्तै कि सिलावको खाजा, बाढको मावेको लाई,मनेरको लड्डू, विक्रमको काला जामुन, गयाको केसरिया पेडा, बख्तियारपुरको खुबीकोलाई (???)को चना मर्की, बिहियाको पूरी इत्यादि उल्लेखनीय छ। हलवाईहरूको वंशज, पटनाको नगरीय क्षेत्रमा ठूलो संख्यामा गएर बसे यस कारणले यो नगरमा नै राम्रो पकवान तथा मिठाईहरू उपलब्ध हुन्छ। बंगाली मिठाईहरूबाट, जो कि प्रायः चाशनीमा डूबि रहछन, भिन्न यहांको पकवान प्रायः सुकेका हुन्छन्।
 
यसको अतिरिक्त यि पकवानहरूको प्रचलन पनि एकदम छ -
 
*पुआ, - मैदा, दूध, घी, चीनी मधु इत्यादिबाट बनाइन्छ।
*पिठ्ठा - चावलको धुलोलाई पिसेको चनासँग या खोवेसँग तैयार गरिन्छ।
*तिलकुट - जसलाई बौद्ध ग्रन्थहरूमा पलाला नामले वर्णित गरिएको छ, तिल तथा चीनी गुड बनाइन्छ।
चिवडा या च्यूरा' - चावललाई कूटेर या दबाएर पतलो तथा चौडा गरेर बनाइन्छ। यसलाई प्रायः दही वा अन्य चाजहरूसँग नै पस्किइन्छ।
*मखाना - (पानीमा उगने वाला फली) यसको खीर एकदम पसन्द गरिन्छ।
*सत्तू - भुटेको चनालाई पीसेर तैयार गरिएको सत्तू, दिनभरको थकानलाई हटाउनको लागि बिहान धेरै मान्छेहरूद्धारा प्रयोग गरिन्छ। यसलाई रोटी भित्र भरेर पनि प्रयोग गरिन्छ जसलाई स्थानीय मान्छे मकुनी रोटी भन्छन्ं।
*लिट्टी चोखा - लिट्टी जुन आंटा भित्र सत्तू तथा मसला हालेर आगोमा सेकेर बनाईन्छ,को चोखे सँग पस्किइन्छ। चोखा उसिनेको आलू वा बैंगनलाई मुछेर तैयार हुन्छ।
*मांसहारी व्यंजन पनि लोकप्रिय छ। माछा एकदम लोकप्रिय छ, र मुगल व्यंजन पनि पटनामा देख्न सकिन्छं। अचेल कन्टिनेन्टल खान पनि मानिसहरूद्धारा मन पराउदै जादैछन। धेरै तरिकाको रोल, जोकि न्यूयर्कमा पनि उपलब्ध छन्,को मूल पटना नै हो। विभाजनको समयमा धेरै मुस्लिम परिवार पाकिस्तान गए र त्यस पछि अमेरिका। आफ्नो साथ -साथ त्यो यहांको संस्कृति पनि लगे। उनीहरू धेरै शाकाहारी तथा आमिष रोलहरू रोल-बिहारी नाम ले, न्यूयार्कमा बेच्छन।
 
==यातायात ==
 
सडक यातायात राष्ट्रिय राजमार्ग संख्या ३१ तथा १९ नगरबाट भएर जान्छ। राज्यको राजधानी भएको कारण पटना बिहारलाई सबै प्रमुख सहरहरूबाट सडक मार्गद्धारा जोडीएको छ। बिहारको सबै जिल्ला सदर मुकाम तथा झारखंडको केही सहरहरूको लागि नियमित बस-सेवा यहाँबाट उपलब्ध छ। गंगा नदीमा बनेको महात्मा गांधी सेतुद्धारा पटना हाजीपुरसँग जोडिएको छ।
 
*रेल यातायात
भारतीय रेलको नक्सा मा पटना एउटा महत्वपूर्ण जंक्शन हो। भारतीय रेलद्धारा राष्ट्रिय राजधानी दिल्लीको अतिरिक्त यहाँबाट मुम्बई, चेन्नई, कोलकाता, अहमदाबाद, जम्मू, अमृतसर, गुवाहाटी तथा अन्य महत्वपूर्ण सहरहरूको लागि सीधा रेल उपलब्ध छ। पटना देशलाई अन्य सबै महत्वपूर्ण सहरहरूबाट रेलमार्गद्धारा जोडिएको छ। पटनाबाट जाने वाला रेलवे मार्ग हुन- पटना-मोकामा, पटना-मुगलसराय' तथा पटना-गया। यो पूर्व रेलवेको दिल्ली-हावडा मुख्य मार्गमा स्थित छ।
 
*हवाई यातायात पटनाको अन्तर्राष्ट्रिय हवाई मैदानको नाम लोकनायक जयप्रकाश नारायण हवाई अड्डा हो र यो नगरको पश्चिमी भागमा अवस्थित छ। भारतीय नागरिक उड्यन प्राधिकरणद्धारा सञ्चालित लोकनायक जयप्रकाश हवाईक्षेत्र, पटना (IATA कोड- PAT) अन्तर्देशीय तथा सीमित अन्तर्राष्ट्रिय उडानहरूलाई लागि बनेको हो। इंडियन, किंगफिशर, जेटएयर, स्पाइसजेट तथा इंडिगोको उडानहरू दिल्ली, रांची, कलकत्ता, मुम्बई तथा केही अन्य नगरहरूको लागि नियमित रूपबाट उपलब्ध छ।
 
*जल यातायात पटना शहर १६८० किलोमीटर लामो इलाहाबाद-हल्दिए राष्ट्रिय जलमार्ग संख्या-१मा अवस्थित छ। गंगा नदीको प्रयोग नागरिक यातायातको लागि हालसम्म गरिन्थ्यो तर यसको माथी पुल बनेको कारण यसको महत्व अब भारवहनको लागि सीमित भएर रहेको छ। देशको एकमात्र राष्ट्रिय अन्तर्देशीय नौकायन संस्थान पटनाको गायघाटमा स्थित छ।
 
*स्थानीय यातायात - पटना सहरको सार्वजनिक यातायात मुख्यतः नगर बस, औटोरिक्शा र साइकिल रिक्शामा आश्रित छ। लगभग ३० किलोमीटर लामो र ५ किलोमीटर चौडा राज्यको राजधानीलाई यातायातको आवश्यकहरू मुख्यरूपबाट औटोरिक्शा (जसलाई टेम्पो पनि भनिन्छ) नै पूरा गर्छं।
 
==सन्दर्भ ==
"https://dty.wikipedia.org/wiki/पटना" बठे निकालियाऽ