"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति १०३:
 
चिया अतिरिक्‍त दार्जिलिङ्गमा हस्‍तकलाको राम्रा सामान पनि पाइन्छ।
 
==यातायात ==
 
===हवाई सेवा ===
यो ठाउ देशको सबै ठाउँसग हवाई सेवाबाट जोडिएको छ। बागदोगरा (सिलगढी) यहाको सबैभन्दा नजीकको विमानस्थल (९० किलोमीटर) हो। यो दार्जिलिंगबाट २ घण्‍टाको दूरीमा छ। यहांबाट कलकत्ता र दिल्‍लीको दैनिक उडान सञ्चालित गरिन्छ। यसको अलावा गुवाहाटी तथा पटनाबाट पनि यहांको लागि उडान सञ्चालित गरिन्छ।
 
===रेलमार्ग ===
यसको सबैभन्दा नजीकको रेल जोन जलपाइगडी हो। कलकत्ताबाट दार्जिलिंग मेल तथा कामरूप एक्‍सप्रेस जलपाइगडी जादछ। दिल्‍लीबाट गुवाहाटी राजधानी एक्‍सप्रेस यहांसम्म आउदछ। यसको साथै ट्वाय ट्रेन चढेर जलपाईगडीबाट दार्जिलिंग ८/९ घण्टा सम्ममा जान सकिन्छ।
 
===सडक यतयात ===
 
यो सहर सिलगढीदेखि सडक मार्गबाट पनि राम्रोसग जोडिएको छ। दार्जिलिंग सडक मार्ग मार्फत जादा सिलगढीबाट २ घण्‍टाको दूरीमा छ। कलकत्ताबाट सिलगढीको लागि धेरै सरकारी र निजी बसहरू चल्दछन।
 
==इतिहास ==
 
 
सन् १८८०को दार्जिलिङ
दार्जिलिङको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसँग जोडिएको छ। दार्जिलिङ शब्द तिब्बती भाषाको दुई शब्द दोर्जे, जसको अर्थ आसीना हुन्छ, तथा लिंग जसको अर्थ ठाउँ हुन्छ, सँग मिलेर बनेको छ । यसको अर्थ भयो असिनावृष्टि हुने ठांँउ जसले यसको अपेक्षाकृत चिसो वातावरणको चित्र प्रस्तुत गर्दछ। १९औ शताब्दीको पूर्वसम्म यो ठाउँ माथि नेपाली र सिक्किमी राज्य गर्दथे; केही लेप्चा समुदायको पनि बसोबास थियो । सन् १८२८मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरूको टुकडी सिक्किम जांँदै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल (स्यानिटरियम) बनाउने निश्चय गरियो । आर्थर क्याम्पबेल, कम्पनीको एउटा शल्य चिकित्सक र लेफ्टिनेन्ट नेपियर (पछि रोबर्ट नेपियर, मग्दालाको प्रथम बेरोन) लाई यहाँ हिल स्टेसन बनाउने जिम्मेवारी दिईयो।
 
सन १८४१मा बेलायतीहरूले यहाँ एक प्रायोगिक चिया कृषि कार्यक्रम सञ्चालन गरे। यस प्रयोगको सफलताको कारण यहाँ १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगाउन लागे। दार्जीलिंगलाई बेलायतीहरूले सिक्किमसंँग सन १८४९मा मे खोसेर लिएका थिए । यस समयमा प्रवासी विषेश गरेर नेपालीहरूलाई बगान, खेती, निर्माण आदि कार्य सञ्चालनको लागि भर्ती गरीको थियो। स्कटिश मिसिनरीहरूले यहाँ विद्यालयको स्थापना र बेलायतीहरूको लागि वेल्फेर सेन्टरको स्थापना गरे र यो ठाउलाई विद्याको लागि प्रसिद्ध गरे । दार्जीलिंग हिमालयन रेल्वेको सन १८८१मा स्थापना पछि यहांको विकास उच्च गतिबाट भयो। सन १८९८मा दार्जीलिंगमा एउटा ठूलो भूकम्प आयो (जसलाई "दार्जीलिंग डिज्यास्टर" पनि भनिन्छ) जसले सहर र मनिसहरूको ठूलो क्षति गर्‍यो।
 
बेलायती शासनको अधीनमा दार्जीलिंग पहिला त "नन-रेगुलेसन जिला" थियो तर सन १९०५को बंगाल बिभाजन के पछिदेखि यो राजशाही विभागको अन्तर्गतमा सम्मिलित भएको थियो।
 
==भूगोल ==
 
कंचनजंघा र दार्जीलिंग टाइगर हिलबाट दार्जीलिंगको औशत उंचाई २,१३४ मिटर अथवा ६,९८२ फिट हो। यो ठाउँ दार्जीलिंग हिमालयन हिल क्षेत्रमा दार्जीलिंग-जलपहर श्रृंखला मा अवस्थित छ जो दक्षिणमा घुम, पश्चिम बंगालबट उठ्द छ। यो श्रृंखला Y-आकारको छ जसको जग कतपहर तथा जलपहरमा छ र दुई हातमा उत्तरमा अब्जर्भेटरी हिल को उत्तरबाट जान्छ । उत्तर-पूर्वी हात लेबोङमा अन्त्य हुन्छ। उत्तर-पश्चिमी हात नर्थ पोइन्टबाट गएर तक्भेर चिया बगानको नजिकै अन्त्य हुन्छ।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ