"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ५३:
 
यहांको मखाला मन्दिर धेरै नै आकर्षक छ। यो मन्दिर त्यसै ठाउमा स्‍थापित छ जहाँ भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्‍य घुम्नु पर्दछ। समय: सबै दिन खुला। मठको बाहिर मात्र फोटो खिच्न अनुमति प्रदान गरिएको छ ।
 
===तेन्जिङस लेगेसी ===
 
हिमालय माउन्टेनिङ संस्‍थानको स्‍थापना सन १९५४ मा गरिएको थियो । ज्ञात होस सन् १९५३ मा पहिलो पटक सगरमाथाको सफल आरोहन गरिएको थियो । तेंजिंग धेरै बर्षसम्म यसको निदेशक पदमा रहे। यहाँ एउटा पर्बतियसंग्रहालय पनि छ। यस संग्रहालयमा हिमालयमा चढ्न गरीएको धेरै ऐतिहासिक अभियानसग सम्बन्धित वस्‍तुहरू राखिएको छ। यस संग्रहालयको एउटा ग्यालरीलाई सगरमाथा (एवरेस्‍ट) संग्रहालयको नामबाट जानिन्छ । यस ग्यालरीमा सगरमाथासग सम्बन्धित वस्‍तुहरू राखिएको छ । यस संस्‍थानमा पर्वतारोहणको प्रशिक्षण पनि दिइन्छ।
 
प्रवेश शुल्‍क: रु. २५ (यसमा जैविक उद्यानको प्रवेश शुल्‍क पनि समाबेश छ) टेली: ०३५४-२२७०१५८ समय: बिहान १० बजेदेखि राती ४:३० सम्म (बीचमा आधा घण्‍टा बन्द)। बिहिवार बन्द।
 
===जैविक उद्यान ===
 
पदमाजा-नायडू-हिमालयन जैविक उद्यान माउंटेंनिग संस्‍थानको दाया पट्टी रहेको छ। यो उद्यान हिमाली चितुवा तथा रातो पान्डाको प्रजनन कार्यक्रमको लागि प्रसिद्ध छ । तपाईं यहाँ साइबेरियन बाघ तथा तिब्‍‍बतियन भेडा पनि देख्न सक्नु हुने छ।
 
मुख्‍य बस पार्कको तल पुरानो बजारमा लियोर्डस वनस्‍पतिक उद्यान छ । यस उद्यानलाई यो नाम मिस्‍टर डब्‍ल्‍यू. लियोर्डको नाममा राखिएको हो। लियोर्ड याँहाको एउटा प्रसिद्ध बैंकर थिए जसले सन १८७८मा यस उद्यानको लागि जमीन दान दिएका थिए । इस उद्यानमा और्किटको ५० प्रजातिहरूको बहुमूल्‍य संग्रह छ। समय: बिहान ६ बजे देखि राति ५ बजेसम्म ।
 
यस वनस्‍पतिक उद्यानको नजीक नै नेचुरल हिस्‍ट्री म्‍यूजियम छ। यस म्‍यूजियमको स्‍थापना सन १९०३मा गरीको थियो। यहाँ चरा, सरीसृप, जंतुहरू तथा कीरा-पातको विभिन्‍न किसिमलाई संरक्षित‍ अवस्‍थामा राखिएको छ।
 
समय: बिहान १० बजे देखि राति ४:३० बजे सम्म। बिहिवार बन्द।
 
===तिब्‍बती शरणार्थी क्याम्प ===
 
 
तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र
तिब्‍बती शरणार्थी स्‍वयं सहायता केंद्र (टेली: ०३५४-२२५२५५२) चौरास्‍ताबाट ४५ मिनटको पैदल दूरीमा अवस्थित छ । यस क्याम्पको स्‍थापना सन १९५९मा गरीएको थियो । यसको एक वर्ष पहिले १९५८मा दलाई लामाले भारतसग शरण मागेका थिए । यस क्याम्पमा १३औ दलाई लामा (अहिले १४ औ दलाई लामा छन)ले सन १९१० देखि १९१२ सम्म आफ्नो निर्वासनको समय व्‍यतीत गरेका थिए। १३ औ दलाई लामा जुन भवनमा बस्दथे त्यो भवन आज भग्नाशेष अवस्‍थामा छ।
 
आज तिब्‍बती शरणार्थी क्याम्प ६५० तिब्‍बती परिवारको आश्रय स्‍थल हो। यि तिब्‍बतीहरू यहाँ विभिन्‍न प्रकारको सामान बेच्दछन। यि सामानहरूमा कारपेट, ऊनी कपडा, काठको कलाकृतिहरू, धातुले बनेको खेलौना लगायत छन । तर तपाईं यो तिब्‍बती शरणार्थी क्याम्प घूमेर आनन्‍द लिन चाहानु हुन्छ भने यि सामानहरू बनाउने कार्यशाला अबश्य हेर्नुहोस । यो कार्यशाला पर्यटकहरूको लागि खुल्ला रहदछ।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ