"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ३६:
विश्‍वमा शान्ति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरुले गरेका थिए । उनी महात्मा गान्धीको मित्र थिए। भारतमा जम्मा ६ वटा शान्ति स्‍तूप छन्; त्यस मध्ये एक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जिलिङमा छ । यस मंदिरको निर्माण कार्य सन् १९७२मा शुरु भएको थियो । यो मन्दिर १ नोभेम्बर १९९२ मा सर्वसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जिलिङ र कञ्चनजङ्घा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।
 
===टाइगर हिल===
टाइगर हिलको मुख्‍य आनन्द यसको आरोहण गर्नमा छ । तपाई प्रत्येक बिहान पर्यटक यसमा चड्दै गरेको पाउनु हुने छ । यसको छेउमा कञ्चनजङ्घा चुचुरो छ । सन् १८३८ देखि १८४९ सम्म यसलाई नै विश्‍वको सबै भन्दा अग्लो चुचुरो मानिन्थ्यो। तर सन १८५६मा गराईएको सर्वेक्षणबाट यो स्‍पष्‍ट भयो कि कंचनजंघा होईन बरु नेपालको सागरमाथा जसलाई अङ्ग्रेजहरूले एवरेस्टको नाम दिएका थिए, विश्‍वको सबै भन्दा अग्लो चुचुरो हो । यदि तपाईं भाग्‍यशाली हुनु हुन्छ भने टाइगर हिलबाट कञ्चनजङ्घा तथा एवरेस्‍ट दुबै चुचुरोहरू देख्न सक्नु हुनेछ । यि दुबै चुचुरोहरूको ऊंचाईमा मात्र ८२७ फीटको अन्तर छ। अहिले कञ्चनजङ्घा विश्‍वको तेस्रो सबैभन्दा अग्लो चुचुरो हो। कञ्चनजंघालाई सबैभन्दा रोमांटिक हिमाल को उपाधिबाट सम्मानित गरीएको छ। यसको सुंदरताको कारण पर्यटहरूले यसलाई यस उपाधिबाट सम्मानित गरीको हो। यस चुचुरोको सुंदरतामाथि थुप्रै कविताहरू लेखिएका छन् । यसको साथ-साथै सत्‍यजीत रायको चलचित्रमा यस चुचुरोलाई थुप्रै पटक देखाईएको छ ।
 
शुल्‍क *
हेर्नको लागि मात्र नि: शुल्‍क, टावरमा चढ्नको लागि शुल्‍क रु. १०, टावरमा बस्नको लागि शुल्‍क रु. ३० । यहाँसम्म तपाईं जीपद्वारा जान सक्नु हुने छ । दार्जिलिंगबाट यहाँसम्म जाने र आउने भाडा रु.६५ देखि ७० को बीचमा पर्दछ ।
 
===घूम मठ (जेलूग्‍पा) ===
 
टाइगर हिलको नजीक ईगा चोइलिंग तिब्‍बतियन मठ छ। यो मठ जेलूग्‍पा संप्रदायसग संबंधित छ। यो मठलाई नै घूम मठको नामबाट चिनिन्छ। इतिहासकारहरूका अनुसार यस मठको स्‍थापना धार्मिक कार्यहरूको लागि होईन वरु राजनैतिक बैठकहरूको लागि गरिएको थियो ।
 
यस मठको स्‍थापना सन १८५०मा एक मंगोलियन भिक्षु लामा शेर्पा याल्‍तसूद्वारा गरीएको थियो । याल्‍तसू आफ्नो धार्मिक इच्‍छाहरूको पूर्त्तिको लागि सन १८२० तिर भारतमा आएका थिए। यस मठमा सन् १९१८मा गौतम बुद्धको १५ फीट अग्लो मूर्त्ति स्‍थापित गरीएको थियो। त्यस समय यस मूर्त्ति बनाउन रु.२५००० खर्च लागेको थियो । यो मूर्त्ति एउटा मुल्यवान पत्‍थरले बनेको छ र यस माथि सुनको लेप लगाइएको छ। यो मठमा बहुमूल्‍य ग्रन्थहरूको संग्रह पनि छ । यि ग्रन्थहरू संस्‍कृतबाट तिब्‍बतीयन भाषामा अनुवादित छन् । यि ग्रन्थहरूमा कालीदासको [मेघदूत]] पनि सामिल छ। हिल कार्ट रोडको नजीक समतेन चोलिंगद्वारा स्‍थापित एउटा अर्को जेलूग्‍पा मठ छ। समय: सबै दिन खुला। मठको बाहिर फोटो खिच्न अनुमति छ।
 
===भूटिया-बस्‍ती-मठ ===
 
यो दार्जिलिंगको सबै भन्दा पुरानो मठ हो। यो मूल रूपबाट औब्‍जरबेटरी हिलमा सन १७६५मा लामा दोरजे रिंगजेद्वारा बनाईएको थियो। यो मठलाई नेपालीहरूले सन १८१५मा लुटेका थिए। यसपछि यस मठको पुनर्निमाण सन्त एण्ड्रूज चर्चको छेउमा सन १८६१मा गरियो। अंतत: यो आफ्नो वर्तमान स्‍थान चौरासताको नजीक, भूटिया बस्‍तीमा १८७९मा स्‍थापित भयो। यो मठ तिब्‍बतियन-नेपाली शैलीमा बनेको छ। यो मठमा पनि बहुमूल्‍य प्राचीन बौद्ध सामाग्री राखिएको छ।
 
यहांको मखाला मन्दिर धेरै नै आकर्षक छ। यो मन्दिर त्यसै ठाउमा स्‍थापित छ जहाँ भूटिया-बस्‍ती-मठ शुरुमा बनेको थियो । यस मंदिरलाई पनि अवश्‍य घुम्नु पर्दछ। समय: सबै दिन खुला। मठको बाहिर मात्र फोटो खिच्न अनुमति प्रदान गरिएको छ ।
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ