"दार्जिलिङ" को बिचमी भिन्नता

imported>Khem Kshetri
Created page with "'''दार्जिलिङ''' (अङ्ग्रेजी: Darjeeling; /dɑːrˈdʒiːlɪŋ/) भारत को wp/dty/पश्चिम ब..."
 
imported>Khem Kshetri
पंक्ति १५:
 
यस बेला, दार्जिलिंग पश्चिम बंगालको एक भाग हो । यो शहर ३१४९ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यो शहर त्रिभुगएर छ । यसको उत्तरी भाग नेपाल र सिक्किमसग जोडिएको छ । यहाँ शरद ऋतु अक्टोबर देखि मार्चसम्म हुन्छ । यस मौसममा यहाँ धेरै चिसो हुन्छ । यहाँ गृष्म ऋतु अप्रिल देखि जून सम्म रहन्छ । यस समयको मौसम हल्‍का चिसो हुन्छ । यहाँ वर्षा जून देखि सेप्टेम्बरसम्म हुन्छ । ग्रीष्‍म कालमा नै यहाँ धेरै पर्यटक आउँदछन् ।
 
==मुख्य आकर्षण ==
 
यो शहर पहाडको चुचुरोमा अवस्थित छ। यहाँ सडकको जाल बिछाईएको छ। यि सडकहरू एक अर्कोसंग जोडिएका छन् । यि सडकहरूमा घुम्दै जादा तपाईलाई औपनिवेशिक कालमा बनेका थुप्रै घरहरू देखा पर्ने छन्। यि घरहरू आज पनि धेरै नै आकर्षक देखिन्छन्। यि घरहरूमा लगाइएको पुरानो झ्याल तथा धुवा निस्किन बनाइएको चिमनीले पुरानो समयको झझल्को दिन्छन् । तपाईं यहाँ चिहान, पुरानो स्‍कूल भवन तथा चर्च पनि देख्न सक्नुहुन्छ। पुरानो समयको घरहरूको साथ-साथै तपाई यहाँ वर्तमान कालको कंकरीटले बनेको भवन पनि देख्नुहुने छ । पुरानो र नयाँ भवनहरूको मेल यस शहरलाई एउटा खास सुन्दरता प्रदान गर्दछ ।
 
===शाक्‍य मठ ===
 
यो मठ दार्जिलिङबाट आठ किलोमीटरको दूरीमा स्थित छ। शाक्‍य मठ शाक्‍य सम्‍प्रदायको धेरै नै ऐतिहासिक र महत्‍वपूर्ण मठ हो । यस मठको स्‍थापना सन् १९१५ मा गरिएको थियो । यसमा एउटा प्रार्थना कक्ष पनि छ । यस प्रार्थना कक्षमा एक साथ् ६० जना बौद्ध भिक्षु प्रार्थना गर्न सक्दछन् ।
 
===द्रुक-थम्‍बटेन-साङ्गग-चोलिङ्ग-मठ ===
 
११ औ गेलवांग द्रुकचन तेंजिन खेनरब जिलग वांगपोको मृत्‍यु सन् १९९९ भएको थियो । यिनैको सम्झनामा यस मठको स्‍थापना सन् १९७१ मा गरिएको थियो । यस मठको बनावट तिब्‍बतियन शैलीमा गरिएको थियो। पछि यस मठको पुननिर्माण सन् १९५३ मा गरियो । यसको अनावरण दलाई लामाले गरेका थिए ।
 
===माकडोग मठ ===
 
यो मठ चौरास्‍तादेखि तीन किलोमीटरको दूरीमा आलूबरी गाउँमा छ । यो मठ बौद्ध धर्मको योलमोवा संप्रदायसंग सम्बन्धित छ । यस मठको स्‍थापना श्री संगे लामाले गरेका थिए । संगे लामा योलमोवा सम्प्रदायको प्रमुख थिए । यो एउटा सानो सम्‍प्रदाय हो जो पहिले नेपालको पूवोत्तर भागमा बस्दथे । पछि यस सम्‍प्रदायका मानिसहरू दार्जिलिङमा आएर बसे । यो मठको निर्माण कार्य सन् १९१४ मा पूरा भएको थियो । यस मठमा योलमोवा सम्‍प्रदायका मानिसहरूको सामाजिक, सांस्‍‍कृतिक, धार्मिक पहिचानलाई दर्शाउने पूरा प्रयास गरिएको छ ।
 
===जापानी मन्दिर (पीस पैगोडा) ===
 
विश्‍वमा शान्ति ल्याउनको लागि यस स्‍तूपको स्‍थापना फूजी गुरुले गरेका थिए । उनी महात्मा गान्धीको मित्र थिए। भारतमा जम्मा ६ वटा शान्ति स्‍तूप छन्; त्यस मध्ये एक निप्‍पोजन मायोजी बौद्ध मन्दिर दार्जिलिङमा छ । यस मंदिरको निर्माण कार्य सन् १९७२मा शुरु भएको थियो । यो मन्दिर १ नोभेम्बर १९९२ मा सर्वसाधारणको लागि खोलिएको थियो । यस मंदिरबाट पूरै दार्जिलिङ र कञ्चनजङ्घा हिमालको अति सुंदर दृश्य देख्न सकिन्छ।
 
टाइगर हिल
"https://dty.wikipedia.org/wiki/दार्जिलिङ" बठे निकालियाऽ