"महेन्द्र वीर विक्रम शाह" को बिचमी भिन्नता

अलिक नपुगे जस्तो लागेर
ट्यागअन: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
ना 2.50.28.132 (कुरडी)द्वारा Nirajan pantद्वारा गर्याको पछिल्लो संशोधनतर्फ उल्टायाका सम्पादनहरू
ट्याग: पूर्ववत
 
पंक्ति २७:
 
'''महेन्द्र वीर विक्रम शाह''' [[नेपाल|नेपाल ]] का नवौं शाहवंशीय [[नेपालका राजाअन|राजा]] हुन्। राजा महेन्द्र [[त्रिभुवन|श्री ५ त्रिभुवन ]] का सुपुत्र हुन। उन [[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र ]] तथा [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र ]]का बुवा हुन।
महेन्द्र वीर विक्रम शाह : नवौं शाहवंशीय राजा
(राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा)
 
महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरुमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाए । यही आधारमा उनलाई प्रजातन्त्रविरोधी, निरंकुश, तानाशाह जस्ता आरोपहरुले सिंगार्ने गरिएको छ ।
महेन्द्र एक महत्वाकांक्षी राजा थिए । आफैंले प्रत्यक्ष शासन चालाउने मोह उनमा थियो नै । ०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरुसमेत छन् । मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो ।
 
-महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम् पूर्वधारहरू समेत थिएनन्। राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो। वि.सं. २००७ सालदेखि वि.सं. २०११ सम्मको भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो। महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए।
-राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरुको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए। उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे। विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे। स्वदेशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यून गर्दै गए। वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन्।
महेन्द्रले स्थापना गरेका यी यावत् उद्योग धन्दाहरुलाई भारतीय चालवाजीमा ०४६ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले सखाप बनाइदिएको छ
 
- पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो। उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्थ्यो।अहिले चर्चा गरिहेको व्यापार विविधीकरणको सोच महेन्द्रले उतिबेलै व्यवहारमा अपनाएका थिए। कोदारी अरनिको राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो। यही कोदारी राजमार्ग अहिले हाम्रा लागि एउटा आशा बनिरहेको छ। चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररुपमा आक्रोशित बनेको थियो। चीनले नेपालमा प्रभुत्व सिर्जना गर्न खोजेको भनेर उसले हौवा पिटे पनि उनी डग्मगाएनन् उनले साम्यवाद गाडी चढेर आउदैन भने जवाफ दिए। राजमार्ग निर्माण सम्पन्न गरेरै छाडे। यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरुपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए।
-जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनले त्यतिबेला लागू गरेको “एउटै भाषा एउटै भेष”” को नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् । जबकि उनले भाषा र भेषभुषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाँध्ने काम गरे ।
-श्री ५ महेन्द्रबाट २०२१ साल मंसिर १मा भूमिसुधार कार्यक्रम लागू गरियो । भूमिसुधार कार्यक्रमबाट जमिनदारी प्रथाको उन्मुलन , जग्गाको हदबन्दी, मोहियानी हकको व्यवस्था, मोहिले जग्गाधनीलाई तिर्नुपर्ने कुतको निश्चितता लगायत्का विविध व्यवस्थाहरु गरिए । भूमी सम्बन्धी कार्यक्रम लागू गरि देशका गरिब जनताको हितका लागि क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्य राखिएको थियो
-०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाउनु महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदम हो। नेपाल सरकारले भारतलाई झुकाएको दुर्लभ घटनाका रुपमा यसलाई लिन सकिन्छ ।त्यो बेला पेट्रोलियम बाहेकमा भारतीय निर्भरता खासै थिएन । भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बन्यो । उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झारेका थिए ।
 
राजा महेन्द्रलाई लाग्ने मुख्य आरोप नेपाली काङ्ग्रेसको सरकार र संसद विघटन गरे भन्ने छ। यस बारे उनको भनाइ थियो "म मेरा प्रजालाई प्रजातन्त्र बदला सबल राष्ट्र दिनेछु। हाम्रो प्रमुख शत्रु भनेको गरिब हो।
 
==सन्दर्भअन==