"रामायण" को बिचमी भिन्नता

imported>Khem Kshetri
imported>Khem Kshetri
पंक्ति ६०:
 
===३. अरण्य काण्ड===
बनबासको १३ वर्ष पूरा गरेर अन्तिम वर्षमा राम, सीता र लक्ष्मण गोदावरी नदीको किनारासंगै दक्षिणतिर हिडे। त्याहाँ उनीहरूले कुटी बनाए। पञ्चावती जंगलमा एक राक्षसनी महिला रावणकी बहिनी सुर्पणखाले उनीहरुलाई पछ्याई। उसले भाइहरुलाई लोभ्याउने कोशिश काम नलागेपछि सीतालाई मार्ने प्रयास गरि।लक्ष्मणले उसको नाक र कान काटेर उसलाई रोके। यो सुनेर उसको भाइ खारले राममाथी हमला गर्यो। रामले खारा र उसका राक्षसलाई परास्त गरे।
 
जब यो समाचार रावण कहाँ पुग्यो उसले आफ्नो रक्षा मरिचाको मद्दतले सीतालाई हरेर रामलाई समाप्त गर्ने मनसाय बनायो। मरिचा सुनको हरिण थियो यसले सीताको मन आकर्षित गर्यो। सुन्दर हरिण देखेपछि सीताले रामलाई हरिण समात्न अनुरोध गरिन। राम यो कुनै राक्षसको चाल हो भनेर सजग थिए। सीता लाई उनको ईच्छा बाट फर्काउन नसकेपछि उनी हरिणलाई लखेट्दै जंगल पसे र सीताको सुरक्षाको जिम्मा लक्ष्मणलाई दिए। केही समयपछि सिताले रामको आवाज सुनिन र उनी डराईन र लक्ष्मणलाई उनलाई बचाउन जान गरिन। लक्ष्मणले सीतालाई सम्झाउने कोसिस गरे कि उनले रामको आज्ञा अनुसार सीताको रक्षा गर्नु पर्छ। सीताले मलाई हैन रामलाई लक्ष्मणको बढी आवश्यकता छ भनेर जिद्दी गर्न थालिन। लक्ष्मणले उनको आज्ञा माने तर उनले कुटिबाट बाहिर आउन पाउने छैनन र अपरपचित संग बोल्ने छैनन।उनले कुटिको वरिपरि एउटा लक्ष्मण रेखा कोरे जसबाट कोहि भित्र जान नसकोस तर बाहिर जान अनुमति होस। केही बेरमै रावण जोगिको भेसमा आए र सीतालाई अतिथिको सम्मान गर्न अनुरोर गरे। सीताले राक्षसको जुक्ति को चाल पाइनन। उनी रेखा बाहिर आउने बित्तिकै रावणले जबर्जस्ती उनलाई उठाएर लग्यो ।
जटायुले सीतालाई रक्षा गर्ने कोशिश गर्यो। तर मरणासन्न घाइते भयो। सीतालाई कडा सुरक्षाका बिच राखियो । रावणले सीतालाई अाफुसंग विहे गर्न माग गर्यो। तर सिताले अस्विकार गरिन। राम र लक्ष्मणले जटायु बाट सीताको हरणको खबर पाए। उनीहरु सीताको खोजिमा लागे। खोज्दै जादा उनीहरूले असुर कबन्ध रे शाबरीलाई भेटे जसले उनीहरू लाई सुग्रिव र हनुमान कहाँ लगे।
 
 
"https://dty.wikipedia.org/wiki/रामायण" बठे निकालियाऽ