अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[३][४]

अर्जुनचौपारी
स्याङ्जा जिल्लाको नक्सामा अर्जुनचौपारी गाउँपालिका
स्याङ्जा जिल्लाको नक्सामा अर्जुनचौपारी गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरदीर्घनारायण अर्याल[१] (नेपाली काँग्रेस)
 • अधिकृत-
क्षेत्रफल
 • जम्मा५७.२२ km (२२.०९ sq mi)
जनसङ्ख्या
 • जम्मा१६,१७६
 • जनघनत्व२८०/km (७३०/sq mi)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-६३
केन्द्रसाविकको अर्जुनचौपारी गाविसको कार्यालय

जनसङ्ख्या सम्पादन

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसङ्ख्या १६,१७६ रहेको छ।[५][६]

भू-वनोट सम्पादन

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४. छाड्डिबार पुग्या मिति:५ जेठ २०७४.[permanent dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३. छाड्डिबार पुग्या मिति:२३ पौष २०७३.
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३. छाड्डिबार पुग्या मिति:२८ फाल्गुण २०७३.
  4. "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, ३० फाल्गुन २०७३. छाड्डिबार पुग्या मिति:३० फाल्गुन २०७३.
  5. "सात प्रदेशको नयाँ नेपाल". अनलाईनखबर. Retrieved २०७१ माघ ५. Check date values in: |accessdate= (help)
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. छाड्डिबार पुग्या मिति:नोभेम्बर २०१२.
  7. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?". सेतोपाटी. Retrieved फाल्गुन २०७३. Check date values in: |accessdate= (help)

बाह्य लिङ्कहरू सम्पादन

यो पनि हेर्नुहोस् सम्पादन

ढाँचा:स्याङ्जा जिल्लाका स्थानीय तहहरू